साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली विशेष- ह्याप्पी होली

Nepal Telecom ad

झलनाथ, माधव नेपाल केपी अाेली
सहमतिको खेदो खन्दै
भत्किने गरी नचर्काऊ अब बोली
सहमति गर संविधान लेख
तिमीलाई शुभकामना,
ह्याप्पी होली ।

सुशील दा, शेरु दाइको टोली
छलफलमा बस है दिल खोली
नखाऊ है इजत इमान पोली
अब संविधान बनाऊ
यही छ सबको शुभकामना,
ह्याप्पी होली ।

डाक्टर बाबु, प्रचण्ड, श्रेष्ठको टोली
फेरि पनि न सोच अब
पड्काउँछु भनी बन्दुकको गोली
हेक्का राख जनताको कुरा
कति फेर्छौ खाली तिम्रो बोली
सहमति खोज, बनाऊ संविधान
यही छ हाम्रो कामना,
ह्याप्पी होली ।

नत्र तिमी सबलाई
अब जनताले चुट्लान्,
कट्टुगन्जी खोली
देश बनाऊ, जनता बनाऊ
कति भर्छौ आफ्नै झोली
नयाँ सोच, नयाँ बिचार निकाल
सबको बिचार एउटैमा घोली
खुशियालीले रंगाइ देऊ
नेपाल आमाको चोली
यही छ हाम्रो शुभकामना,
ह्याप्पी होली ।
दाङ, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x