साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय होली नबिगार चोली !

Nepal Telecom ad

पारस्परिक सद्भाव, सौन्दर्य र रसरङ्गको होली वसन्तको झोली बोकेर हाम्रा घरआँगनमा रङ्गीन हुँदै चोली, फ्रक, म्याडी, अम्ब्रेला र चुरीदार कसिला पहिरनमा हमला बोल्दै आइपुग्यो । हिरण्यकश्यपुकी बहिनी होलिका जसले विष्णुभक्त आफ्नै भाइ प्रल्हादलाई दाजुको आज्ञा तामेली गर्न आगोमा जलाउने दुष्प्रयास गरिन् र अर्की सर्वनाशकी प्रतीक ढुण्डा राक्षसी जसले मानव बस्ती बस्तीलाई उजाड बनाएर सिध्याइन्, तिनै दुच्छर तत्वहरुको समाप्तिमा खुसी हुँदै मनाइएको गर्व भरिएको पर्व हो फागु । बिडम्वना ! हिजोआज भने यस्ता गर्वले भरिएका पर्वलाई अनर्थ गरेर ‘अर्थ न बर्थ गोविन्द गाई’ भनेझैं व्यर्थ बनाउने गलत विकृतिले संस्कृतिमाथि बिखालु अङ्कमाल गरेको हुँदा बुज्झकीहरुले — ‘लागूभागूू नबन फागु, जय होली नबिगार चोली’ भनेर अपील गरेको ग¥यै छन् । रीति, संस्कृति, प्रथा र पर्वहरुलाई कुरीति, विकृति, व्यथा र खर्ब खर्च गर्ने बनाएर यता केही सम—यदेखि हाम्रा सनातन परंपरामा एसिडको गोला बर्साउन फागुको लोलालाई माध्यम बनाउने जमातको बिगबिगी बढ्दो छ ।

जनसरोकारबाट चिप्लिसकेका तर राजनीतिलाई गतिलो व्यवसाय बनाएका नालायकहरु यस्ता पर्वका बेला आफ्नो नेतृत्वको सरकार र आफ्ना शक्तिकेन्द्रका तर्फबाट विज्ञप्ति, चेतावनी, सडक मार्चपासको मञ्चन पनि गरिटोपल्छन् । इच्छाविपरीत फाउको नाममा लोला वा गोला हान्नेहहरुलाई कडा दण्डको भागीदार हुनपर्ने बाजा सञ्चारमा खासासित बजाउँछन् पनि । तर विवेक र चेतना गुमाइसकेका जनकरमा राइँदाइँ मच्चाउने यी औपचारिक ओठे पात्रहरुको झँटारो बाँदरको पुच्छरझैं लौरो न हतियार भई निकम्मा बनेको बन्यै छ । डलरको बलमा भगवान् विष्णुलाई सिस्नु लगाउने, मर्यादा पुरुषोत्तम रामलाई हराम भनी सराप्ने, शिवका भक्तलाई अशक्त बनाउने र भगवान् कृष्णलाई तृष्णा तथा भोगवादका नाइके भनी अनर्गल प्रलाप गर्ने षड्यन्त्रकारी झुण्डका विरुप तुण्डले सनातन संस्कृतिमाथि बलमिच्याइँ गरेको ग¥यै छन् ।

राजधानीको मुटु मानिने ठाऊँमा दिनदहाडै नव—किशोरीहरुमाथि एसिड बर्षा गराएर जिउँदै ज—लाउन तयार हुने आततायी जल्लाद समाउन नसक्ने घिचन्दास सरकार र यसका मतियारले दण्ड त निरीह र सोर्सफोर्स नभएका अनाथमा मात्र थोपर्छ । तदर्थवादको धरातल टेकेर कानुन र दण्डसिध्दान्त हेपेर भागबण्डावादको लूटको स्वर्ग रमण गर्नेहरुबाट सुरक्षाको प्रत्याभूति हुन्छ भन्नू पञ्चतन्त्रको बूढो बाघले सुनको बाला दान गर्छ भन्ने आत्मरतिको बतासे विश्वासको भ्रमजस्तै हो । दुष्ट शासक र भ्रष्ट प्रशासकका शासन प्रशासनकै उल्टो वा बिप्ल्याटो प्रतापबाट नेपालको राजनीतिक, सामाजिक, सां–स्कृतिक, धार्मिक, आर्थिक, औद्योगिक समग्र जीवन धरापमा पुगेर सखाप हुँदै छ । लोकतन्त्र, गणत–न्त्र र संघीयताले जलप लगाइएको अहिलेको ‘भजगोविन्दम् वाद’ वाद संसारकै अभिशाप, विशाद, पिचास वा स्वाइन फ्लूको अर्को भस्मासुर औतारजस्तो पो छ त ?

सबै क्षेत्र छाडावादबाट आक्रान्त हुँदा हाम्रा सनातन सांस्कृतिक उत्सवहरु पनि बक्कासुर अघासुर बलले पेलिएका छन् । गाँजा, जाँडभाङ, धतुरो, चरेश, हिरोइनजस्ता लागू पदार्थ घिचेर नग्न र अर्धनग्न भई शिवरात्री मेलामा ‘ॐ नमः शिवाय’ भट्ट्याउँदै हिंड्ने युवायुवतीका जमात शिववादी हुन् वा हिप्पीवादका नयाँ संस्करण हुन् कसले चिरफार गर्ने ? लक्ष्मीपूजाको याममा द्यौसी र भैलोमा बज्ने ड्रमसेटका चर्का स्वरका झर्का लाग्ने बाजा एवं हिपहपको अनुकरण हाम्रो पूर्वीय गौरव महिल्याउने रौरव होइनन् र ? त्यस्तै आन्द्रै चुड्ला र दिसापिसाप नै उम्कला जस्तो गरी तीन न तेह्रमा च्याठ्ठिएर जगल्टा, शरीर हल्लाई तमासापूर्वक गाउने सार न स्वरका अङ्ग्रेजी गीतले भैलो र द्यौसीको परम मर्ममा चरम प्रहार गरेको कसरी हेर्ने ? त्यसै गरी क्रूर राक्षसीय दुव्र्यवहारलाई इति गरेर दैवीय शान्त तथा सौम्य संसार सिर्जना गर्ने सद्भाव, सौन्दर्य, रसरङ्गको रङ्गीन इन्दे्रणी पर्व फागुलाई हाम्रो समाजमा किन लागू पदार्थ सेवन गरेर उन्मत्त साँढे हुने स्थिति बनाइदैछ ? आफ्ना कामधन्दामा हिंडेर जान पर्ने हैसियतका कयौं बटुवाहरुलाई मलमूत्र मिसिएको ढलको पानीमा अझ बिखादि रङ मिलावट गरी अङ्गउपाङ्ग छेप्ने कुसंस्कृति वर्षेनि स्वाइन फ्लू झैं तीव्र वितरणमा छ । अझ नव किशोरी, नव यौवना र विशेष गरेर महिलाहरुलाई नै तारो बनाउनुको रहस्य के हो त ? पूर्वीय संस्कृतिले ‘मातृदेवो भव’ भनेको छ भने पच्छिमाहरुले कानुनी समानताको शिक्षा त धेरै अघिदेखि नै दिएका हुन् । कुनै ठाममा नभएको जात्रा हाम्रो ठाममा किन ?

परिचितहरुसित रसरङ्ग गर्नुलाई अन्यथा भनिदैन । वास्तवमा यो बासन्ती महफिल हो । तर चिन्नु न जान्नुका मानिसलाई लोलाका गोला प्रहार गर्नु, अझ युवती महिलाहरुलाई चारतिरबाट बाटो छेकेर साना मुन्दे्रदेखि ठूला भुसतिघ्रे चुल्ठेसम्मले निशाना साध्ने केन्द्रबिन्दु बनाउनु कुन दुनियाँको सभ्यता र संस्कृति हो ? विशेष गरेर जाडो गएको र गर्मी सुरु भएको यो बेला प्रायः युवतीहरु छोटा, पातला र अङ्ग कम ढाक्ने वानपिसमै हुन्छन् । यसैले त त्यसै त्यसै कामावेगमा उछिल्लिएर नारी संवेद—नशील अङ्गप्रत्यङ्ग ताकी फाउको नाममा घाउ लगाउने दाउ खोजेका स्वघोषित दादाको विगविगी ऊग्रै बढोत्तरी भयो गाँठे ! पूर्णिमाको एक साताअघिदेखि नै हाताभित्रै पसेर उछृङ्खलताको खाता खोली संस्कृतिमा विकृतिको गाता हाल्ने खातेहरु कात्तिके कुकुरझै मातिएका छन् । होलीका रङ्गीन चोलीमा खिचिएर गीतका अभद्र गानामा मानाका माना ,सिसीका सिसी, ग्यालेनका ग्यालेन रक्सी रित्याई पूरै गतिमा कान खाने आबाज निकालेर होन्डा, मोटरसाइकल, स्कुटी बेपर्बाह कुदाउने आभारा जमात हाम्रो संस्कृतिका घोर्ले माउसुली हैनन् र ? संविधान, कानुन, ऐन, नियमहरुलाई कार्य रुपमा ल्याउन नदिने केही वर्षदेखि चलेको नेतातन्त्रको तदर्थवाद र भागबन्डा प्रणालीले सबै क्षेत्रमा विसङ्गतिको ‘माइन्ड फ्लू’ वितरण गरी सामन्ती अभिजात्यवादलाई अक्सिजन दिइरहने भयो ।

बलात्कारी , आततायी , ज्यानमारा , एसिडको गोला बर्साउने , जघन्य अपराधी त दण्डित नहुने यो देशमा फाउ आतङ्कमा ठाउँकुठाउँ घाउ लगाउने कुरा सत्ताधारीहरुलाई झिनामसिना सावित भएको छ । होलीको नाममा चोली भिजाएर वानपिसमा ‘मै हुम्’ भन्नेलाई पनि लुगलुग कमाउनु ठूलो पुरुषार्थ संझन्छन् ठिटाहरु । कतिपय नव यौवनाहरु त आफूलाई अङ्ग उपाङ्गमा होलीको गोली हान्न नसक्ने ठिटा जमातलाई नामर्द, लिखे, लुते, भनेर गाली गरे रे पनि । वास्तवमा ‘फागु’ लागू भकुर्ने तिथि होइन, ‘होली’ अनुमतिविना चोली,साडी,म्याडी, वनपिस, अम्ब्रेला कुर्तासुरुवाल र कसिला लुगा भिजाइदिएर बटुवाहरुलाई बिल्लीबाठ पार्ने हिंसालु भावको याम होइन । यसैले एकसाथ नारा तय गरुम् —‘लागूभागू नबन फागु ! जय होली, नबिगार चोली ! ’ जय फागु, जय होरी !

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x