साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सजिलो उपाय

Nepal Telecom ad

मिठो खुवाऊ पछिसम्म खाऊ
बसीबसी मस्त कुरा चलाऊ
रोजेर आफ्नासित डुल्न जाऊ
हाँकेर सारा सुख शान्ति पाऊ ।

देऊ समीपै जति स्वाद चाख्छन्
चाखेर डुल्नेसित मस्त जो छन्
चातुर्य छर्ने जनको विचार
सुन्दै गरेमा सब मिल्छ सार ।

सुरा पुरानो नजिकै सजाऊ
प्याला उचाली कर साथ लाऊ
थप्नेहरूको करको किनारा
हेरी रमाऊ सब ती नजारा ।

चिल्ला सुनौला तलमाथि हेर
सोचेर केही अनि चाल फेर
सुनी प्रशंसा निजको रमाऊ
पैसासँगै प्रेम बढी सजाऊ ।

बेफुर्सदीमा जहिलै छु पार
हुँदैन केही कहिल्यै नपार
बेला विचारी अनि मात्र बोल
झन् व्यस्ततामै दिनरात घोल ।

हेर्दा चिटिक्कै पनि पर्न जान
कहाँ कता के पहिलै रटान
यसो गरेमा यति हात लाग्छ
बुझ्ने सुबानी यही काम लाग्छ ।

सके रमाऊ अरू साथमा नै
खानापिना होस् बरु आसमा नै
खुबै अह्राऊ धनको इसारा
कि धाक लाऊ अनि मिल्छ पारा ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x