साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई मान्छेहरू मन पर्दैनन् !

Nepal Telecom ad

त्योसँग एक अघोषित सिङ छ
अपत्यारिला नङ्ग्राहरू छन्
सधैँ हिर्दय टोकेर उग्राइरहने अजङ्ग दाह्रा छन् ।

हो, मलाई मान्छेको वस्तीमा
असाध्यै भयरविरक्त लागिरहन्छ ।

ऊ विध्वंशक विज्ञान हुनुको
एक आधुनिकता हो,
दिलको आँगनभरि काँडेझ्याङ हुनुको
एक सौन्दर्यचेतना हो,
एक क्रुररुद्ध दैवी मस्तिष्क हुनुको
ऊ प्रमाण हो !

(दाइजो र सम्पत्ति विहीन स्वास्नी अनुहार
लोग्नेमान्छेको तेजाबले धोइन्छ
विजातीय प्रेमले बुनिएको छोरी हिर्दय
बाबु मान्छेको भुङ्ग्र्रोमा उसिनिन्छ
चमेली हाँसो बटुलि हिँड्ने बैनी शरीर
दाजु मान्छेको रोबोट मनले घोचिन्छ)

हो, मलाई अनिश्चित ब्रह्माण्डमा
एक्लै हुत्तिन डर लाग्दैन,
जति डर लाग्छ– मान्छेको राज्यमा र समाजमा बसिरहन ।

मान्छे त इदी अमिनको अनुहार भएको छ
लादेनको स्वभावले वास्फीभूत छ
हिटलरको मनले सञ्चालित छ
हिरोसिमाको मुटुमा बिझाइरहने
ट्युम्यानको आणविक आदेशको दास छ ।

रगतको सिकार गर्न सबैभन्दा सिपालु मान्छे
आमाका स्तन टोकेर रातो नुनिलो पानी पिइरहन्छ,
चियर्स गरिरहन्छ…!

आह ! मान्छेको राज्य र समाज मसानभन्दा डरलाग्दो छ !
(इतिहासको गर्तबाट मानवताको चिहान रोइरहँदा
यमराजको हाँसो किनेर झन् तर्साइरहने राज्य–समाज)

हो, मलाई मान्छेहरू मन पर्दैनन् ।
मान्छेको कुरुप ज्यादतीका सारा पर्खाल भत्काएर
ओ, बुद्धहरू !
अब निस्क, मानवताको नयाँ उद्घोष गर्दै ।
न्वादेउ– ६, बैतडी
हाल, कपन– ३, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x