साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुप्पी मासेपछि

Nepal Telecom ad

अधिकारी भए गिरी, टुप्पी मासेपछि
लगाउँदै हिँडे फिरी, टुप्पी मासेपछि ।

फुक्काफाल जिन्दगी भो माग्यो भर्यो पेट
जहाँ पायो त्यहीँ छिरी, टुप्पी मासेपछि ।

चिम्टा, त्रिशुल, कमण्डलु, आहा !! पहिचान
मायाजाल पूरै चिरी, टुप्पी मासेपछि !!

न सत्ताको लालशा भो न छ नाम, दाम
कैले मधेस कैले जिरी, टुप्पी मासेपछि ।

दसनामी अग्रगामी विद्वान पो भए
भ्रष्टलाई बसे पिरी, टुप्पी मासेपछि ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x