साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिनेमाका नाम

Nepal Telecom ad

मेरा एक मित्रले ‘कब्जियत’ नामको सिनेमा बनाउन थाल्नु भयो
अहिलेसम्म पनि त्यो बजारमा निस्कन सकेको छैन
अर्कोले ‘राजनीति’ नामको सिनेमा बनाउनु भयो
ब्ल्याकमा टिकट पाइन्छ सोझै किन्न छैन ।

‘दङ्गा’ नामको सिनेमा हेरेर दङ्ग पर्न गएका
बाहिर निस्कँदा पुलिसको लाठीचार्जले झन्डै सहिद भएका
‘नयाँ नेपाल’ सिनेमा हेर्न दुई साथी सँगै छिरेका थिए
भित्रै आपसमा हानाहान गरेछन् बाहिर निस्कँदा दुवै रक्ताम्य थिए ।

अर्का मित्रले ‘समाबेसी’ सिनेमा बनाए
हलमा दर्शक एक्ला एक्लै छिरेका थिए
बाहिर निस्कँदा जोडी बनेर आलिङ्गनमा आए
हलबाट निस्कने जोडीमा महिला–पुरुष त थिए थिए
पुरुष–पुरुष र नारि–नारि समेतले समावेश भ्याए ।

‘गणतन्त्र’ नामको सिनेमा हेर्न एउटा साथी भित्र गएको थियो
सिनेमा सकेर बाहिर आउँदा उसले बोकेको ठुलो पोको थियो
ऊ निस्किएपछि हलभित्रबाट कोहि बाहिर निस्किएन
सप्पैको लुगा समेत लुटेर निस्किएछ साथी, नाङ्गै कोहि बाहिरै आएन ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x