साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बलात्कारीको चाहना

Nepal Telecom ad

मलाई जेलमा नराख
जेलका भित्ताहरू विषाक्त बन्न सक्छन्
मलाई हेर्नेहरू बिग्रिएर
मैजस्ता हिंस्रक बन्न सक्छन्
सक्छौ मार मलाई
सक्दैनौ यहाँबाट सार मलाई
एउटा चिडिया घरमा
जहाँ बघिनीविनाको बाघ होस्
जहाँ फूलको कुनै सुवास होइन
फोहोरमैलाको राग होस्
होऽ बाघले पनि नखान सक्छ
मेरो सास पनि नजान सक्छ
मलाई मरेको वहाना बनाएर
बाँसमा कसेर लैजाऊ
तर मसानमा नजलाऊ
मेरो शरीरबाट निस्केको धुवाँले
वायुमण्डल विषाक्त बन्न सक्छ
मेरो धुवाँ पिएकाहरू मैंजस्ता बन्न सक्छन्
मलाई गहिरो खाल्डोभित्र गाड
जुन ठूलो भूकम्प जाँदा पनि माथि नआओस्
मेरो लाशलाई माटोभन्दा अलग बनाएर गाड
किनभने माटोमा भावना हुन्छ
नरसाउने ढुङ्गाले घेर मलाई
त्यसमाथि प्लाष्टिकले छोप मलाई
मेरो आत्मा कसैगरी माथि आउन नपाओस्
ताकि कतै कोपिलाहरू नच्यातिऊन्
कतै पूजाहरूको धुजा नहोस्
कतै पुरुषहरूमाथि ग्लानिको भाव नपलाओस्
म धर्तीको अनोठो पशु
म सृष्टिभित्रको व्यभिचारी
म फूलजस्ता नानीहरूको
जीवन च्यात्ने बलात्कारी ।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x