साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा. साहब केही भाको छैन

Nepal Telecom ad

हल्का टाउको दुख्थ्यो
अलिअलि मुख सुक्थ्यो
यताउता धन खोजेर आइयो
डा. साहब
यो एक्सरे
भिडियो एक्सरे
रगत जाँच किन चाहियो
आफूलाई त्यस्तो गम्भीर पाको छैन
डा. साहब बरु डिस्चार्ज गरिदिनुस्
म त जान्छु
मलाई खास केही भाको छैन ।

ऋण सापट गरेर
उपचार गर्न आइयो
डाक्टर खोज्न
कहिले सरकारी अस्पताल
कहिले प्राइभेट अस्पताल धाइयो
नाम चलेका भन्दै
डा. साहब, तपाईकहाँ आइयो
खुट्टाको थियो समस्या
तपाईंले त पेटको अपरेसन गराइ दिनुभो
पेटको त कुनै समस्या पाको छैन
डा साहब छोडिदिनुस्
धरोधर्म मलाई केही भाको छैन ।

म त
छोरालाई बिदेस पठाउन आउँदा
यसो तपाईलाई भेटौँ भनी मात्र आको
होस आउँदा आफूलाई बेडमा पाको
नाम जुरेर
भेटनरीका डा. भन्या तपाई हुन आको
डाक्टर साहब यो के बनाइदिनु भाको
अहिलेसम्म सिटामलसम्म खाको छैन
अपरेसन त के सुइसम्म पनि लाको छैन
यो के गरेको डा. साहब
मलाई त आजसम्म केही पनि भाको छैन ।
दाङ, हाल– काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x