चट्याङ मास्टरहासौँ जिन्दगीमा
हाँस्न पनि नपाउनेले के पो पाउला जिन्दगीमा ?
आँसु पाउन त आफन्त पर्याप्त छन् जिन्दगीमा
हाँसो पाउन त चाहिन्छ हास्यव्यङ्ग्य जिन्दगीमा !
रोई रोई जति जे पाए पनि लक्ष उही हाँस्ने जिन्दगीमा
अलिकति सोच, बिचार र सदिच्छा भए जिन्दगीमा
पाईलै पिच्छे भेटिन्छ हास्यव्यङ्ग्य र हाँसो जिन्दगीमा
त्यत्ति पनि नपाउनेले के पो पाउला जिन्दगीमा ?
रुँदै रुँदै आउनु भयो जिन्दगीमा
होसै हुन्न रे प्राण छोड्दा जिन्दगीमा
यत्ति बिचमा त छ अलिकति हाँस्ने मौका जिन्दगीमा
त्यो मौका पनि गुमाए के चैं पाउनु जिन्दगीमा ?
आउनुहोस् खित्का छोडी जिन्दगीमा
यस्तो अनौठाको उल्का जिन्दगीमा
मरून् दुस्मन चित्कार छोड्दै जिन्दगीमा
आउनुहोस् हाँसौ खित्का छोडदै जिन्दगीमा ।
काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest





































