साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पृथ्वी एउटै भएको दिन

Nepal Telecom ad

अमेरीकाको चरो नेपालमै आउँछ
नेपालको चरो युरोप गई गाउँछ
चराले चरालाई छैक्दैन भने
मान्छे त तिम्रो सर्वश्रेष्ठ प्राणी
फेरि मान्छेले मान्छेलाई छेक्ने किन
भन प्रभु कहिले आउँछ
यो पृथ्वी एउटै भएको दिन ।

कर्णालीको माछा महासागर गई घुम्दछ
सागरको माछा हिम नदी आइ चुम्दछ
माछाले माछाको सीमाङ्कन कोर्दैन
माछाले त माछाको नाता तोड्दैन
मान्छे त तिम्रो चेतनशील प्राणी
फेरि मान्छेले मान्छेलाई छेक्ने किन
भन प्रभु कहिले आउँछ
यो पृथ्वी एउटै भएको दिन ।

सागरको पानी बादल भई
पहाडमा पर्दछ
हिमाली पानी गड्किँदै
सागरमा झर्दछ
पानीले पानीसँग पानी बार्दैन
सागरले सगरको मायाँ मार्दैन
मान्छे त तिम्रो विवेकशील प्राणी
फेरि मान्छेले मान्छेलाई छेक्ने किन
भन प्रभु कहिले आउँछ
यो पृथ्वी एउटै भएको दिन ।

नेपाली हिमालले
खाँडीको हावा छेक्दैन
नेपाली हावाले अरबी हावामा
कुनै फरक देख्दैन भने
मान्छे त तिम्रो आफ्नै रुप
फेरि मान्छेले मान्छेलाई छेक्ने किन
भन प्रभु कहिले आउँछ
यो पृथ्वी एउटै भएको दिन ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x