साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो आँखा फुट्याको

Nepal Telecom ad

काम परी जब गाउँ हिँड्या
बसका कन्डक्टरहरू
ज्यानै लिन्या गरी भिड्या
एउटा मलाई तान्न भिडी गयो
अर्कोे झोला बोकी हिँडि गयो
एउटा यो बस भनी तान्दछ
अर्को त्यो बस भनी तान्दछ
यात्रुलाई त बजियाहरू
बलीको बोको नै ठान्दछ ।

बिच सडकमा घण्टौँ
तानातानमा परियो
बल्ल बल्ल बसमा
ज्यान जोगाई चढियो
खाना खाने भनी बाटोमा
एकान्तमा लग्याको
होटेल्याले पनि ठग्नुसम्म ठग्याको
बासी खुवाइ कासी खुवाइ
लुट्नसम्म लुट्याको
यो हेरन्या निकायको
कस्तो आँखा फुट्याको ।

नखाउँ भने बेस्कन भोक लाग्याको
खाउँ भने पनि बासी छ पाक्याको
सडेको छ खाना डढेको छ खाना
मान्छेलाई भन्दा बस्तुको दाना
सरकारले आँखा चिम्ल्या पछि
यस्तो धन्दा झन बढाउँछन्
थाह छैन होटेल्याले
पैसो कहाँ कहाँ चढाउँछन् ।

कसैले देश लुट्याको
कसैले मुलुकै लुट्याको
बस र होटेल्याहरूले पनि
बाटोमा यात्रु लुट्याको
बिरोध गर्न खोज्दा त
झन्नै होटेल्याले चुट्याको
यो हेरन्या फाँटको
कस्तो आँखा फुट्याको ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x