साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नकच्चरा सबै

Nepal Telecom ad

हुने हैन सहमति किन बस्ने टोली ?
दिक्क भई धरहरा चढ्न गए ओली

लाख चोटी बसे पनि उही त हो पारा
खाने भए अन्तरेले आफ्नै साख पोली

स्वाहा भयो सात बर्ष टाढा गयो हर्ष
आज जस्तो यिनीहरु उस्तै हुन्छन् भोलि

किन होला नमिलेका ? के हो यिनको स्वार्थ
के के हाले भरिने छ यी पापीको झोली

भन्नु छैन यही दोषी, नकच्चरा सबै
हिडेका छन सडकमा पूरै बस्त्र खोली

कहाँ बन्छ संजीवनी त्यो अमृत प्याला ?
गोरस र सोमरस एकै ठाउँ घोली !!!!!!

बाह्रै मास उनीहरु गर्छन मोज -मस्ती
सधैंभरि प्रभुलाई दशैं -तिहार -होली

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x