साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छातीमा हात

Nepal Telecom ad

अदालतमा निक्कै घुइँचो थियो । अभियुक्तको ठाउँबाट मैले चिच्याएँ– श्रीमान् यसमा मेरो कुनै कसूर छैन । म निर्दोष छु । मलाई अनाहकमा फसाएको हो ! संघ संस्थाहरुले आफ्नो भनाइ र गराइमा केही त साम्य राख्नुपर्छ !

श्रीमान्को गम्भीर आवाज आयो– कसरी तपाईँ निर्दोष हुनुहुन्छ ? त्यत्रो पत्रकारका सामु महिलाहरुलाई बेइज्जत गर्नुहुन्छ । तैपनि आफूलाई निर्दोष भन्नुहुन्छ ? अलिकति पनि शरम लाग्दैन तपार्इँलाई !

मैले बिन्ती बिसाएँ, श्रीमान् ! मेरो सम्पूर्ण बयान त सुनिसियोस् । संचारिका समूहकी संचालिकाले भन्नुभा’थ्यो– तपाईँहरु छातीमा हात राखेर भन्नुस् त, किशोरी वा महिलाहरुप्रति लैङ्गिक भेदभाव गर्दिन भनेर ।

मैले आफ्ना दुबै हात आफ्ना दुबै छेउमा बस्ने महिलाहरुको छातीमा राखें । यसमा मेरो के अपराध भयो श्रीमान् ? संचालिका महोदयले आफ्नै छातीमा हात राख्नु है, अर्काको छातीमा नराख्नु त भनेको थिएन नि !

फेरि अर्को गाँठी कुरो त बाँकी नै छ श्रीमान् । त्यो गोष्ठीको मूल उद्देश्य नै थियो, किशोरीहरुसँग महिलाहरुसँग किशोर र पुरुष सरह नै व्यवहार गर्नुपर्छ लिङ्गभेद गर्नु हुन्न । नरनारी दुवै समान् हुन् । श्रीमान् ! जब दुबै समान् हुन्भने संचारिका समूहकी संचालिकाले भने जस्तै मैले छातीमा हात राखिदिएको मात्र हो । त्यो छाती नरको साटो नारीको परेछ । यसलाई अन्यथा नलिइयोस् श्रीमान् ।

त्यसो भए त तपाईँ निर्दोष हुनुहुन्छ– श्रीमान्को यस्तो आवाज सुन्नासाथ म झल्यास्स भएँ । आफू त ओछ्यानमा पसिनाले निथ्रुक्क भइराखेको !
थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x