चट्याङ मास्टरमात्रै हो
बसुदैव कुटुम्बकम त भनेको मात्रै हो
प्रवेश त हिन्दुलाई मात्रै हो ।
भक्तपुरे कालो टोपी त भनेको मात्रै हो
चीनबाट बनेर आउँछ, भक्तपुरे त भनेको मात्रै हो ।
प्रेम अन्धो हुन्छ त भनेको मात्रै हो
दुइटै आँखा हेरेर एउटा त झिम्क्याएको मात्रै हो ।
पोखराको सुन्तला भनेको मात्रै हो
भारतबाट ल्याएर पोखरामा बेचेको मात्रै हो ।
हो मेरो बिहे भएको तर पचास प्रतिसत् मात्रै हो
मैले हुन्छ भनि सकें, भन्न बाँकी उनले मात्रै हो ।
“भएको छ” त लेखेको मात्रै हो
पढ्ने बेला त “भा अ” मात्रै हो ।
आउँ परे पनि “सन्चै छ” त भनेको मात्रै हो
निस्कन पो लेदो निस्कियो छोडेको त हावा मात्रै हो ।
जेमन लाग्यो त्यही गर्न पाइने मन तन्त्र छ,
गणतन्त्र त भनेको मात्रै हो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































