साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्वासको शिविर नै भत्किएपछि

Nepal Telecom ad

एउटा पृथक संसारको निर्माण गर्न
प्रेम र विश्वासको शिविरबाट
हामीले हाम्रा यात्राका थालनी गरेका थियौं
हामीले हाम्रा भोलिका सुन्दर सपना साँचेका थियौं
जे सोचेर हामीले हाम्रा यात्राका थालनी गर्यौं
जे सोचेर हामीले हाम्रा भोलिका सपना बुन्यौं
गन्तव्यस्थल पुग्न अगावै हामीहरू
दुर्घटनाग्रस्त भएका छौँ
प्रेम र विश्वासका सुखद पलहरू
अविश्वासका दुःखद पलहरूमा अनुदित भएका छन्
हामीले हाम्रा यात्राका क्रममा
थोरै चढ्यौँ उकालीहरू
र, धेरै झर्यौँ ओरालीहरू
न, तिमीले चाहेको बाटोमा मलाई हिँडाउनै सक्यौ
न, मैले चाहेको बाटोमा तिमी हिँड्नै सक्यौ
सायद तिमीलाई तिम्रो हिनताबोधले
नराम्ररी पछारेको हुनुपर्छ
अथवा तिमीलाई मेरो इमान्दारिताले
नराम्ररी बिझेको हुनुपर्छ
तिम्रो काँधमा शिर बिसाए मैले
तिम्रो छातीमा मन राखेर मैले
निश्चिन्त निदाउन सक्दिन भने ?
निर्धक्क सुस्ताउन सक्दिन भने ?
अब कुनै यात्रामा तिम्रो सहयात्री बन्ने
दुःसाहस गर्न सक्दिन, म
अब कुनै सुन्दर संसारको परिकल्पना गर्ने
दुस्प्रयास गर्न सक्दिन, म
प्रेम र विश्वासका हाम्रा शिविरहरू जगैदेखि भत्किएपछि
अब हामीले हाम्रा यात्राहरू यहीँ नै रोक्नु पर्छ
अब हामीले हाम्रा साथहरू यहीँसम्म रहेछ सोच्नुपर्छ
नितान्त एक्लो यात्रा अति नै कठिन र दुर्भाग्यपूर्ण भए तापनि
नितान्त एक्लो यात्रा अति नै मुस्किल र जोखिमपूर्ण भए तापनि
नितान्त एक्लो यात्रा अति नै विकट र चुनौतीपूर्ण भए तापनि
यहींबाट अब हामीले हाम्रा यात्राहरू बेग्ला बेग्लै थाल्नुपर्छ !
यहींबाट अब हामीले हाम्रा कदमहरू छुट्टा छुट्टै चाल्नु पर्छ !!
यहींबाट अब हामीले हाम्रा बाटाहरू भिन्दा भिन्दै रोज्नुपर्छ !!!
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x