साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविको अन्तर्वार्ता

Nepal Telecom ad

ल कविज्यु
आज तपाकै अन्तरर्वार्ता
लिन आइयो
समसामिक विषयमा छ भने
एउटा झकास कविता चाहियो ।

पत्रकारले भनेपछि
मैले भनँे
घोरिएपछि
बल्ल बल्ल एउटा कविता आउँछ
तपाईंको पत्रिका नि भाइ
के यसो पैसो पाउँछ ?
पत्रकार भाइले भने
हामीले त पाउँदैनौ सर
तपाईंलाई झन के आउँछ
पैसो न आए पनि तपाईंको त
नाम त छाउँछ
हाम्रो त न नाम छाउने
न दाम आउने
खाली काम मात्र पाउने ।

मैले भनेँ
कुखरिले झै ओथारो बसेर
बल्ल बल्ल एउटा कविता आउँछ
भोक लाग्यो भने घरमा
सधैं आलु चिउरा खुवाछ
यसो पैसो आउने भए
मुख फेर्न पाइन्थ्यो
हप्ताको एक दिन भए पनि
मासु हेर्न पाइन्थ्यो ।

हुन त पैसो दिन्छु भन्नेले पनि
कहीँ सम्पादक नभेट्टिने
कतै प्रकाशक नभेट्टिने
धेरै फोन ग¥यो भने
तलब नपाको झ्वाँकमा
कर्मचारी हामीसँग च्याँट्ठिने
कति ठाउँमा त
पैसो लिन पनि गाको छैन
खातैमा पठाइ दिन्छु पनि भनेको हो
तर त्यसमा पनि आको छैन ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x