अमर अधिकारीडार्लिङ
मैले आजसम्म उलाई देखेको छैन र उसको सम्पर्क नम्बर पनि मलाई थाहा छैन । कुनै नम्बरका मलाई फोन आयो— ‘आइ लभ यु, आइ मिस यु डार्लिङ !’
मैले भनेँ– ‘को हौ तिमी ? आई डन्ट नो एबाउट यु !’
‘म उही क्या त हजुरको …. !’ उसले भनी ।
म पनि छिल्लिएको स्वरमा, ‘ए … त्यसो पो ! मैले चिनेँ, के छ डार्लिङ ?’
‘ठीक छ, मेरो मोबाइलको ब्यालेन्स सकिन लाग्यो क्या ! रिचार्ज कार्ड पठाइ दिनुहुन्छ कि भनेर… मेरो डार्लिङ !’ –उसले एकै सासमा भनी ।
मैले पनि उसको कुरा हार्न नसकी ‘हुन्छ स्योर्र’ भनी फोन राखिदिएँ ।
तत्पश्चात् उसले बारम्बार मिसकल गरिरही । मैले उसलाई सम्पर्क गर्न चाहिनँ र रिचार्ज समेत पठाइनँ ।
मैले भोलिपल्ट फोन गरेँ— ‘हेल्लो डार्लिङ के छ खबर ?’
उसले कर्कस स्वरमा भनी, ‘को होस् तँ ? गुण्डा काम पाउँदैन, जसलाई पायो त्यसलाई फोन गर्छ !’
नेपथ्यमा उसकै आवाज आएको सुनियो, ‘ऐऽऽऽ बूढा… ऐऽऽऽ बूढा …. ।’
गोरखा
Subscribe
Login
0 Comments
Oldest





































