साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजीको मुख

Nepal Telecom ad

कहिले पाचन प्रणालीको माथिल्लो मुख प्रयोग गर्नु हुन्छ
कहिले पाचन प्रणालीको तल्लो मुख प्रयोग गर्नु हुन्छ
पाचन प्रणालीको एकापट्टिको मुखले मात्रै बोलेर त भ्याइँदै भ्याइँदैन
नेता भएपछि त्यति धेरै बोल्नु पर्छ ।

कुन चैं बोली कुन मुखबाट निस्किएको हो
त्यो त कुरा सुन्नेले ध्यान दिएर सुन्नु पर्छ
अनि आफै पत्ता लगाउनु पर्छ
बिचरा नेता हेर्नोस त–
दुइटै मुखले बोलेको बोल्यै हुनुहुन्छ
माथिल्लो मुख थाके तल्लो मुख प्रयोग गर्नुहुन्छ
तल्लो मुख थाके माथिल्लो मुख प्रयोग गर्नुहुन्छ
नेताजी जनताका लागि
दुवै मुखले बोलेको बोल्यै हुनुहुन्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x