साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै त !!

Nepal Telecom ad

बत्ती छैन पानी छैन
घर बढार्ने नानी छैन
घरबेटीको सधैं किचकिच
सानो सानो कुरा पनि
गर्याछन् खिचखिच
दिनहुँ कोठा खोज्यो
कतै कोठा पाको छैन
पाइहाल्यो भने पनि
भने जस्तो भाको छैन
थाकेर घरमा आउँदा
बुढी भन्छिन्
चिया बनाइ ल्याउँ है त
आज पाइन्छ भन्या
कोठा खै त ?

कतै ठूलो छ कोठा तर अँध्यारो
कतै उज्यालो छ तर छैन पँधेरो
कतै छ कोठा तर घाम नलाग्ने छिँडी
कतै सामान सार्नै नबन्ने छ सिँडी
कोठामा आयो कि बुढी भन्छे
खाजा बनाएर ल्याउँ है त
आज पाउँछ भन्या
कोठा खै त ?

बल्ल बल्ल आको तलव
भाडा बत्ती पानी फोहर भन्दै
आधी त घरबेटीले लिन्छ
बाँकी रकम उधारोलाई दिन्छ
बिचरो बिर्खे बर्षौंदेखि भनेको
एक सरो धोती कसरी किन्छ
सस्तो मस्तो कोठा खोज्न हिँड्यो
कतै ट्वाइलेट जाम छ
कतै धारामा पानी भर्नेको लाम छ
कोठा खोजेर घरमा आयो कि
बुढी भन्छे भोक लाग्यो होला
रोटी बनाउँ है त
आज त पाउँछ भन्या
कोठा खै त ?

कतै घरबेटी भन्छ
पाहुना ल्याउन पाइँदैन
कतै भन्छ
सन्तान ब्याउन पाइदैन
कतै भन्छ
छतमा जान पाइदैन
कतै भन्ने
कौशीमा खान पाइँदैन
वाक्क भएर घर फर्केको बेला
बुढीले भन्छे
थकाई लाग्यो होला
एक गिलास पानी ल्याउँ है त
यो पाली पाउँछ भन्या
कोठा खै त ?

दाङ, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x