साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे भुकम्प

Nepal Telecom ad

(साँढे जुत्दा आउने भुकम्प, साँढे भुकम्प)

ब्यालेन्स नभाको जस्तो
घरी घरी मिसकल गर्ने
कहिले बजियाले रिचार्ज गरेर
फुल कल गर्ने
लड्ने भारतीय र चाइनिज पिलेट रे
उतै हल्लाउनु नि जती हल्लाए पनि
फेरी बजियाले किन
नेपालतिर बल गर्ने
पृथ्वी नारायणले भनेको
दुई डुङ्गाको तरुल भनेको यही हो कि
त्यो बेला पनि यस्तै भुकम्प पो थ्यो कि
माथिका डुङ्गा जुत्दा पनि हामीलाई दु:ख
तलका डुङ्गा जुत्दा पनि हामीलाई दु:ख
यि साँढे जुधेर पार्नु पारे हुक्क ।
यो ढुङ्गाको लडाईंमा
न शान्ति दुत पठाउन सकिने
न शान्ति सेना खठाउन सकिने
न आन्दोलन गरेर घाँटी अठाउन सकिने
यस्तो डर कि
बजियाले हल्लायो भने
सेना पनि बन्दुकै छोडि भाग्ने
गरीब होस कि धनी होस
सबैले सड्कमा पाल टाग्ने
गजबको कुरो त
भुकम्परहित घर हुनेले पनि पाल माग्ने
जस्तो सुकै मुटु दरो भाको पनि
थुरुरुरु हुने
अलिकती हल्लायो कि
गुरुरुरु हुने ।
डुक्राउछ हुक्काउछ साँढे जस्तो
यस्लाई कस्ले छुने
जीवजन्तु चरीबरिको भन्दा
मान्छेकै बिजोग हुने
आयो आयो भन्दै
कोही खाली खुट्टा दौड्याछ
कोही खाली तन्ना बेरी कुद्याछ
कोही खाली कट्टुसित मात्र आको छ
भुकम्प आउँदा
कस्ले के गर्दै थियो
सबको गोप्य कुरो
सार्वजनिक भाकोछ ।
मान्छे सबलाई ठीक पार्न सक्ने
तर यो भुकम्पलाई कै गर्न नसक्ने
हे महादेव
यी जुध्ने साँढे तिम्रै हुन कि
अब रोकिदेउ
धेरै क्षेती भइसक्यो
छेमा पूजा पनि गरियो
तर अझै टेर्दैनन् साँढेले
अब तिम्रो त्रिशूलले
यिनको गर्दनमै ठोकी देऊ ।
दाङ, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x