साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुइँचालो

Nepal Telecom ad

स्कुले नानीले भनिन्
यो भुइँचालोले
मेरो बाबालाई आफ्नै घरले पुर्यो
मेरीआमालाई त्यो डाँडाको पहिरोले निल्यो,
घर के भन्नु सब खण्डहर मात्र
त्यो भन्दा ठुलो कुरा
मेरो स्कुल पनि ढल्यो
मेरो बाको अलिकति नगद
मेरी आमाको गहना
कुन दराजमा छ थाहा छैन
यो घरको लालपुर्जाले
के कम गर्छ पनि थाहा छैन
त्यसले मेरो आउँदा जीवनमा के असर गर्छ पनि थाहा छैन
ए मेरा छिमेकीहरू
हेर न मेरो किताब र कलम छैन
गृहकार्य गर्न बाँकि थियो
एउटा चित्र कोरेर मिसलाइ बुझाउन बाँकी थियो
स्कुलको चौरमा कपड्डी खेलेर
मेरो साथीलाई च्याप्प समाउन बाँकी थियो
ए बाहरू, दाइ दिदीहरू
मेरो अर्को किताब आउँछ कि आउँदैन
मेरो स्कुलको कोठाहरू
बस्न र पढ्न हुने बन्छ कि बन्दैन
मेरा बा आमा जस्तै मेरो बर्तमान पनि पुरिन्छ कि
मेरो भबिस्य फेरी दरबान र कान्छा कान्छी मै बित्छ कि
लौ न
मेरो एक छाक र एक जोर
कसरी जुट्छ ?
मेरो सपना नयाँ भूकम्पबाट कसरी छुट्छ ?
कति दिन बाँच्ने म चाउचाउ खाएर
कति दिन बस्ने म चुहिएको त्रिपाल ओढेर
मेरो गुनासो सुनिदिने कोही छन् कि
मेरो बर्तमान बुनिदिने कोही छन् कि
यो ठुलो संसारमा
मैले ओत पाइने छानाहरू
छन् कि ?
काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x