भुइँचालो
स्कुले नानीले भनिन्
यो भुइँचालोले
मेरो बाबालाई आफ्नै घरले पुर्यो
मेरीआमालाई त्यो डाँडाको पहिरोले निल्यो,
घर के भन्नु सब खण्डहर मात्र
त्यो भन्दा ठुलो कुरा
मेरो स्कुल पनि ढल्यो
मेरो बाको अलिकति नगद
मेरी आमाको गहना
कुन दराजमा छ थाहा छैन
यो घरको लालपुर्जाले
के कम गर्छ पनि थाहा छैन
त्यसले मेरो आउँदा जीवनमा के असर गर्छ पनि थाहा छैन
ए मेरा छिमेकीहरू
हेर न मेरो किताब र कलम छैन
गृहकार्य गर्न बाँकि थियो
एउटा चित्र कोरेर मिसलाइ बुझाउन बाँकी थियो
स्कुलको चौरमा कपड्डी खेलेर
मेरो साथीलाई च्याप्प समाउन बाँकी थियो
ए बाहरू, दाइ दिदीहरू
मेरो अर्को किताब आउँछ कि आउँदैन
मेरो स्कुलको कोठाहरू
बस्न र पढ्न हुने बन्छ कि बन्दैन
मेरा बा आमा जस्तै मेरो बर्तमान पनि पुरिन्छ कि
मेरो भबिस्य फेरी दरबान र कान्छा कान्छी मै बित्छ कि
लौ न
मेरो एक छाक र एक जोर
कसरी जुट्छ ?
मेरो सपना नयाँ भूकम्पबाट कसरी छुट्छ ?
कति दिन बाँच्ने म चाउचाउ खाएर
कति दिन बस्ने म चुहिएको त्रिपाल ओढेर
मेरो गुनासो सुनिदिने कोही छन् कि
मेरो बर्तमान बुनिदिने कोही छन् कि
यो ठुलो संसारमा
मैले ओत पाइने छानाहरू
छन् कि ?
काठमाडौंं