साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्पको गीत

Nepal Telecom ad

धरा कम्पन भाको छ पराकम्पन भन्दछन्
दिनमा दर्जनौ पल्ट मान्छे कम्पन गन्दछन् ।
आयो आयो भनी ह्वारर निस्कन्छन् बाहिरैतिर
रोकियो लौ भनी फेरि फिर्दछन् झोपडीतिर ।

यो भित्र बाहिरै गर्दा गर्दै बित्ने भयो दिन
न ढुक्क बस्न पाइन्छ त्रासमै बित्छ छिन्छिन ।
त्यही चिन्ता त्यही चर्चा सपना विपना त्यही
कस्तो भूकम्प हो यस्तो रैथाने झै भयो यही ।

थोरै थोरै गरी मार्ने काम छोडे हुने थियो
साहसीका कुरा छोडौँ सातो साहसकै लियो ।
एकै पल्ट सयौँ म्याग्नेच्युटको नै गए भयो
सबै ध्वस्त भएकै छ बाँकी के पो यहाँ रह्यो ?

तसर्थ
अब यस्ता कुरा छोडी हामीले बुझ्नु यो पर्यो
बढी भूकम्प भैराख्ने सूचिमा देश यो पर्यो ।
दिनको दर्जनौँ पल्ट जान्छ भूकम्प देश त्यो
कुन हो ? सोध्नु पर्दैन नेपालै हो भने भयो ।

आउला कि भनी सोच्नुभन्दा आउँछ नै भनी
अभ्यस्त नै भए हुन्छ बिस्तारै दैनिकी पनि
भूकम्पकै धुरीमाथि चल्न थाले भयो नि त
नत्र सारा कुरा छोडी यै गीत गाउने कि त ?
चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x