बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

आमाको अल्छी सपना

“के अब त्यो बसिरहने हो त आमा !” “मैले अल्छी सपना देखेकी रहेछु बाबु ! म सारा सृजनशक्तिको शपथ लिएर भन्न सक्छु तर त्यो यो रूपमा आउला भन्ने मेरो सपनाको छेउमा पनि थिएन ।”

Nepal Telecom ad

रमेश समर्थन :

(कवि गोपालप्रसाद रिमालको प्रख्यात कविता ‘आमाको सपना’ को एक अंशमाथि प्यारोडी)

“आमा ! त्यो आयो र !”

“हो बा, त्यो आयो;
तर त्यो यसरी नै आउँछ भन्ने मेरो सपनामा थिएन
त्यो आउन त आयो
तर न तिम्रा लागि आयो
न मेरा लागि आयो ।

त्यो आउँदा त एक उत्साह लिएर आएको थियो
त्यो आउँदा सारा जगत् सगबगाएको थियो
तर त्यो त ग्रहणोदयको सूर्य बनेर आयो
उज्यालो लिएर आउनुपर्ने
दिउँसै अँध्यारो लिएर आयो ।

कतै करोड लिएर आयो
कतै रोड लिएर आयो
कतै अरब लिएर आयो
कतै खरब लिएर आयो
कतै महल लिएर आयो
कतै हलाहल लिएर आयो ।

त्यो आएपछि त मेरा छोरा,
तिमी रोगले जीणर् बन्यौ
म तिम्रो पीडामा रुँदै छु ।”

“के अब त्यो बसिरहने हो त आमा !”

“मैले अल्छी सपना देखेकी रहेछु बाबु !
म सारा सृजनशक्तिको शपथ लिएर भन्न सक्छु
तर त्यो यो रूपमा आउला भन्ने
मेरो सपनाको छेउमा पनि थिएन ।”

०००
रुपन्देही

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कृषि अनुदान

कृषि अनुदान

रमेश समर्थन
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
म बेचिएको छु

म बेचिएको छु

रमेश समर्थन
श्रीमतीको सनक

श्रीमतीको सनक

रमेश समर्थन
लोकतन्त्र !!

लोकतन्त्र !!

रमेश समर्थन
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी