साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐया ! पिलो टन्कियो !

आलो घाउ भए छिटै पनि हुने थ्यो औषधि यो तर वर्षौंवर्ष बितेर आज यसरी भो घाउ झन् जब्बर अत्यन्तै अब दुष्टले दुख दियो आगोसरी दन्कियो चाँडै खील निकाल लौ, सकस भो, ऐया ! पिलो टन्कियो !

Nepal Telecom ad

रमेश समर्थन :

बेला आउँछ पर्खिदैन कहिले, लौ लै अबेला भयो
सत्ता मात्र बचाउने मुलुकमा खाली झमेला भयो
यो देखी मुलुकै उठ्यो र नभमा नारा यही धन्कियो-
चाँडे खील निकाल लौ, सकस भो, ऐया ! पिलो टन्कियो !

चर्को घाम हुँदै गयो गगनमा धर्ती बल्यो दन्दनी
सत्ताका ढँटुवार गर्जन गरी घुम्छन् सधैँ फन्फनी
के दब्थे ? जनता जुटे सडकमा विद्रोह झन् चर्कियो
चाँडै खील निकाल लौ, सकस भो, ऐया ! पिलो टन्कियो !

पाकी पीप गनाउने डङडङी भो भित्रभित्रै अब
चिर्नै पर्छ भने चिरौँ अब छिटै, सड्ला शरीरै सब
ऑैस्याहा अब पर्न सक्छ सजिलै लौ लौ झिँगा भन्कियो
चाँडै खील निकाल लौ, सकस भो, ऐया ! पिलो टन्कियो !

बढ्दै घाउ गयो भने यसरी नै होला नि यो क्यान्सर
पीडा बढ्छ झनै सकिन्न पछि यो, चाँडै दबाई गर
गोलीका भरमा दबाउँछु भनी सन्की झनै सन्कियो
चाँडै खील निकाल लौ, सकस भो, ऐया ! पिलो टन्कियो !

आलो घाउ भए छिटै पनि हुने थ्यो औषधि यो तर
वर्षौंवर्ष बितेर आज यसरी भो घाउ झन् जब्बर
अत्यन्तै अब दुष्टले दुख दियो आगोसरी दन्कियो
चाँडै खील निकाल लौ, सकस भो, ऐया ! पिलो टन्कियो !

केही दुक्ख अवश्य हुन्छ पहिले पीलो निचोर्दा, तर
जे होला, अब यो निको हुनुपर्यो, शल्यक्रिया नै गर
भन्दै देश जुरूक्क नै उठिगयो, संसार नै रन्कियो
चाँडै खील निकाल लौ, सकस भो, ऐया ! पिलो टन्कियो !

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
गुनासो

गुनासो

हेमराज पन्त
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x