साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नत्र राजा आउँछ

Nepal Telecom ad

हामीहरूले हामीहरूलाई
शीर्षस्थ नेता घोषणा गरिबक्सिएका छौँ
अब उप्रान्त सबै जनताले हामीलाई
शीर्षस्थ नेता भनि सम्बोधन गर्नु है
नत्र राजा आउँछ ।

देश अहिले गम्भीर संकटमा छ
देश संक्रमण कालको गम्भीर मोडमा छ
देशको अस्तित्व नै गुम्ने खतरा छ
देशमा विदेशी हस्तक्षेप बढेको छ
यस्तो सबै तारतम्य हामीले नै मिलाई बक्सिएका हौँ
तर यो कुरा कसैले कसैलाई नभन्नु है
नत्र राजा आउँछ ।

भ्रष्टाचार बढेको छ
अन्याय ब्याप्त छ
महंगी र अन्यायले जनता आक्रान्त छ
देश कमजोर बनेको छ
जनताको स्वतन्त्रता गुमेको छ
जनता दलित पीडित शोषित र असहाय बनेका छन्
यो सबै हामी शीर्षस्थ मिलि ल्याएको अवस्था हो
तर यो कुरा कसैले कसैलाई नभन्नु है
नत्र राजा आउँछ ।

हो हाम्रा हजुरका बिचार, कुरा र व्यवहहार फरक छन्
हरेक बोलीमा फट्याई र काममा अपराध छन्
आदर्शका केही वाक्य कण्ठ पारिबक्सेका छौं हामीले
अपठितले वेदका ऋचा सुनाउँथे जसरी उहिले
हाम्रा बोलीमा अर्थ खोज्नु जरुरी छैन
अकाट्य फट्याइँ बाहेक त्यसमा केही छैन
हामीले गरेको पाठ सुने तरिन्छ, त्यसमा शंका छैन
थाहा छ कसैको बिश्वास छैन हामीमाथि
विश्वास अविश्वास जे भए पनि हाम्रो बिरोध नगर्नु है
नत्र राजा आउँछ ।

देश यसै त यस्तो दुरावस्थामा छ
हाम्रो बिरोध गरे झन् दुरावस्थामा पुग्छ
हामीले पाएको उपलब्धि गुम्छ
हाम्रो जिब्रोमाथि कानुन घुम्छ
जनताको फेरि ज्यान जान्छ
देश खत्तम स्वाहा हुन्छ
त्यसैले हाम्रो जय जयकार गर्नु है
नत्र राजा आउँछ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x