साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाईहाई ! जय महँगाइ !

Nepal Telecom ad

महाभूकम्पको महाकम्पलाई जम्प गरी आठ रेक्टरभन्दा पनि माथिको महँगाइले यतिखेर जनजीवन हल्लिएर सबैलाई डल्लो पार्न थालेको छ । त्यसैले दाइभाइ सरह बनेका महँगाइलाई विना हिच्किचाहट हाईहाई जय महँगाइ भनेर स्वागत गर्नुबाहेक थप विकल्प छैन । महाभूकम्पको राक्षसी पीडामा पीडितहरूका ढाड अझ सेकेर बाइफाला बन्दै महँगाईले खुट्टो घुमाउने मजैको अभ्यासमा चलाएको छ । भूकम्पले आहत भएकालाई आएका कयौंं राहतका सामग्री तेल, चामल, चिउरालगायत मिति गुज्रिएर इति भएका रहेछन् । ‘हिमालय रिफाइन्ड भेजिटेभल’ लेखिएको भारतबाट दाताका नाममा आएको खाने तेल अखाद्य भएकोमा सरकारी कर्मचारी नष्ट गर्न ठाम खोज्दै हिँडिरहेका छन् । मुसाहरू नाचेर कीटाणुहरूले अङ्ग भाँचेर छुचुन्द्रो लगायतले जुठ्याएका गनाउने चिउरा राहतको नाममा आएका महामारी रोगका अचुक अस्त्र हुन् । पुनर्दरिद्री पुनरेव पापी भन्ने उखान चरितार्थ भएको छ यहाँ ।

चितौनको दारेचोक लगायतका ठाममा तारे र तिल्केहरूले कुहिएको चामल भूकम्पपीडितलाई बाँडेको फोटो सेसन गरेर सामाजिक सञ्चारहरूमा रङ्गीन तस्बीर छिरिलबिरिल गरेका छन् रे । चामलमा सिङ उम्रिएर जुरो हालेका थरी थरीका कीरा जमातले आफ्नो शौचालय समेत त्यही खडा गरेको हुँदा दुर्गन्ध ह्वास्सै भयो भनेर कतिपय ठूलाहरूले बाँडुन्जेल थुतुनाहरूमा लुला भने पनि महला अर्थात् माक्स लगाएका कुरा नाम नबताउने शर्तमा एक पत्रकारले राखे । वितरणपछि पाटे अल्छी प्रशासनयन्त्र र खन्चुवा शासनतन्त्रबीच मुक्कामुक्की विहीन चर्काचर्की चलेको पनि राहत नपाएका अलपत्रकार पत्रकारले बताए । उता नेपाल रेडक्रसमार्फत विश्व खाद्य कार्यक्रमले बाँडेका चामलले काभ्रेमा कयौं बालबालिका झाडापखालाका शिकार भएर आफ्नो खोटो कर्मलाई धिक्कार गरिरहेका छन् । गुणस्तरीय परीक्षण गर्दा त्यो अखाद्य खाद्य रहेछ । हेनरी ड्यूनाको बिम्व र डिम्ब भनेर चिनिने रेडक्रसको यो काम कसरी सुकाम भनेर सलाम गर्न सकिएला ? मानवअधिकार आयोगले त मानिसको स्वास्थ्य तथा जीवनसित संबन्धित खाद्यान्नमा खेलबाड गर्ने संस्थालाई कानुनको दायरामा ल्याउन यो लुरे सरकारलाई जुरे आग्रह गरेको छ । एकाध सग्ला चामलका दानामा कनिकै कनिकाको बाहुल्य भएका झिल्के बोरा कोरा राहतमा आफैलाई गिज्याइरहेको छ ।

उमेर पुगेका पाउरोटी, जाम, चाउचाउ त राहत पेटमा कति गयो गयो । धन्न हिमाली हावापानीले त्यसलाई तावाजस्तो बनेर कावा ख्वाइदियो । विडम्वना कतिपय दाताका फरा–किला मनमा मिति सिध्दिएका र गुणस्तर नभएका वस्तुले भने काला टीका लगाइदिएर बर्बादै पारिदियो बा ! हात थाप्ने मोरा मोरीलाई जातको चीज कहाँ पाउनु ? यही अभाव, तनाव र हाहाकारमा ‘मौकामा हीरा फोर्नुपर्छ’ भन्ने सिध्दान्त बोकेका काला बेपारीहरूले अपारी बन्न उपभोग्य वस्तुको मोल गगनचुम्वी बनाएका छन् । उता कतिपय ठूला दलहरू राहत कमिटिका संयोजक र उपसंयोजक घैंटे, तिघ्रे, पाखुरे, चुल्ठे, मुन्द्रेजस्तामा थमाएर बालुवाटार, बल्खुटार, कोटेश्वरटारबाट बिदाइ गरिरहेका दुर्दृष्य सबैका आँखाअघि ठुङ मार्न आइपुगेका छन् । डन जमात नै पार्टीको वैभव र धन बनेको उल्टो परिवेशमा भूकम्प किन सुल्टो हिँड्थ्यो र ? त्यसै भएर होला अहिलेसम्म विश्वमा स्थापित भूकम्पवादमा नेपालको भूकम्पले अपवाद थपेर निर्विवाद रुपमा उल्टो यात्राको विवादको थालनी गर्ने छाँटकाँट देखाइ रहेको छ । नेपाली व्याकरणमा भाले लिङ्ग भए नि अपवादको रुपमा हात्ती, स्वामी, सम्धीका अन्तिम ‘ई’ दीर्घ भएझैं यहाँका पराकम्प पनि अपवाद बनेर महाभूकम्पका हजुरबाउको रुपमा प्रकट नहोलान् ? भन्न मजस्ता हरिलठ्ठकलाई प्रसस्त ठाउँ मिलेको छ । जीवनभर मूल्य र मान्यताको राजनीति गर्ने हुम् भन्नेले कुम जोडेर संयोजक, उपसंयोजक बनाई फोटोसेसनमा खिस्स हाँसेको चित्रले यहाँका शीर्ष कति पुच्छरस्थ छ भनेर छर्लङ्ग पारेको छ ।

लुटतन्त्रको यो जगजगीमा काला बेपारीसित रातारात कमिसन हसुरेर सबै वस्तु दुर्ल–भ्य बनाई नेपथ्यमा बसेर मूल्यवृद्धि गर्न दिने कार्यकारी निकाय कति निकम्मा र जनसरोकारसित टाढा छ भन्ने यथार्थ छताछुल्ल भएको छ । एकातिर यहाँका वास्तविक उत्पादकहरू आफ्ना उत्पादनका वस्तु कौडीको मोलमा बेचेर अन्य उपभोग्य चीज आकाशे दरमा किन्नुपर्ने अन्यायपूर्ण थिति छ । बिपत्तिको मौका छोपेर काला बजारिया र बिचौलिया जमात जनताका हाडछाला काड्न तयार छन् । तर सरकार यो कुराको दरकार नगरी उनीहरूकै अपकारलाई मौन स्वीकार गरिरहेको छ । तरकारी सरकारी मान्छे भन्दा किमती भएका छन् । स्याउ र च्याउ लुटुवा र धुतुवाका भान्सामा मात्र पुग्न सामथ्र्य राख्ने बनाइएको छ । खाने तेल झेलको खेलमा कौवालाई बेलझैं भएको छ । हिजोसम्मको फालाफाल दाल महँगीको चेपमा बेहाल छ । केराले सगरमाथाको चुचुरोमा डेरा जमाएर सर्वसाधारणलाई टेडा नजरले हेर्न थालेको छ । कटहर महँगीले बहर बनेर सर्वसाधारणमा भीषण कहर भई उभिएको छ । मेवा ‘ज–सको ढेवा उसको मेवा ’ भन्ने उखान खडा गर्न तम्सन्छ । अङ्गुरको मोल बङगुरभन्दा मोटो र भद्दा भएको छ । साग खागजत्तिकै दुर्लभ पारेर मौसमी राग अलापिएको छ । यसरी आयात कम भएको मौका छोपी चौका हान्नेहरूले लौका, मूला, काक्रामा पनि मूल्यवृद्धिको थाक्रा हालिदिएर आहतजनमा विब्ल्याटो राहत दिई आफ्ना कमाउ चाहत पूरा गरिरहेका छन् ।

गर्मीका कपडाको मोल आकाशिएको छ भने देशको पोल्टी व्यवसाय धराशायी हुन थालिसक्यो । शब्दमा मात्र कार्वाही गर्ने, जरिमाना तिराउने, मन्त्री नै भए पनि जेल ठोस्ने कुरा गरेर सर्बत्र अव्यवस्था दिने यो सरकारको हरूवा गोरुको छेरुवा दाउलाई भाउ दिएर कति दिन बस्ने । आपूmलाई अग्रगामी, जनपक्षीय भनेर नथाक्नेहरूको शासनले मूल्यवृद्धिको आकाशगमन हुँदा पनि ट्वाँ परेर तमासे बन्नेहरू कसरी सुशासनका ठेकेदार हुनसक्छन् र खै ? जाबो हजार रुपयाँको पालमा त राल काढ्ने सांसद र ठूलाहरूले जनताको हितमा काम गर्लान् भन्नु लुला विश्वास हो । त्यसैले मूल्यवृद्धिलाई स्वागत गर्दैै भन्न परेको छ–
तर्कारी फलपूmल खाद्य कपडा, आकाश चुम्दै छ रे ।
हे काला बनियाँ दलाल जन हो, स्वर्णीम मौका छ रे ।।
लुट्द्यौ टन्न नराख धर्म र दया, सर्कार पङ्गू भयो ।
जो गर्छन् उपभोग टोक सजिलै, साँढा बने भै गयो ।।

यसरी भूकम्पको कम्पलाई पनि जम्प गर्ने गरी महँगाई बढाउने शौर्यतामा बधाई दिँदै स्वरमा स्वर मिलाएर हामी पीडितका बथान पनि पीडा कम गर्न भन्दैछौँ– हाईहाई ! जय महँगाइ !’ जय लूट, निर्भय बन सबै छुट ! हाम्रा दाइ र भाइ सम्झ चर्का महँगाइ ! ! !
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x