सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चन्दा र धन्दा

Nepal Telecom ad

भइहाल्छ नि
यति त हजुरले पाइहाल्छ नि
माडेको छोरा हो
यति चन्दा त दिइहाल्छ नि
मेरो के जान्छ
गए तपाईंकै जान्छ
म त लोटा लिएर आको
जे छ सब यतै हो पाको
लानुस् न
मन्दिर बनाउन लानुस्
पार्टी चलाउन लानुस्
देशै चलाउन लानुस्
आटा मेरै हो, टाटा मेरै हो
तपाईंको बाथरूमको बाटा मेरै हो
म त तपाईंको
घरधन्दा चलाई दिन्छु
पैसोको कमी भए
भाउ बढाइ दिन्छु ।

धन्दा नमान्नुहोस्
माडेको छोरा हो
दुईचार दाम भइहाल्छ नि
चन्दा त दिइहाल्छ नि
थाल पनि मेरै
दाल पनि मेरै
मच्छेर मार्ने
जाल पनि मेरै
पार्टीमा लाउने
पाल पनि मेरै
तपाईंको हर काम चलाई दिन्छु
घाटो भयो भने दाम बढाइ दिन्छु
ऋण पनि यतैको हो
बैंक पनि यतैको हो
कम्पनी पनि यतैको हो
लानुस्
भनेर लानुस्
गनेर लानुस्
भन्नुस् न
म तपाईंको
हर काम चलाई दिन्छु
ब्यापार नोक्सान भए
कम्पनी जलाई दिन्छु
मेरो के जान्छ
गए तपाईंकै जान्छ ।

म त हेर्नुस्
माडेको छोरा
न मासु खान्छ
न जाँड खान्छ
भगवानलाई भन्दा ठुलो
ग्राहकलाई मान्छ
एकबारको चोलामा
मर्नेले के लान्छ
तपाईंलाई दिए पो हामीले
भाउ बढाउन पाइन्छ
भन्नुस् हजुर
तपाईंलाई कति चाहिन्छ ?

ब्यापारी नीति चन्दाको धन्दा
जनतालाई पो लाग्ने
यो कस्तो फन्दा !
दाङ, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ए सराद्दे बाजे

ए सराद्दे बाजे

प्रेम ओली ढकलपुरे
ए हावा

ए हावा

प्रेम ओली ढकलपुरे
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
ए हावा

ए हावा

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे