चट्याङ मास्टरतास फिटाई
नेपालमा राजीनीतिक परिवर्तन भनेको
जुवाडेले एक खेलपछि तास फिटे जस्तै हो
जति फिटे पनि उही बाउन्न पत्ती
उही चार–पाच जुवाडे साथी
उही चार रंगका उही तेह्र पत्ती
एउटाको जित पछि
हार्नेलाई तास पिÞmट्दै र बाँडदैको सास्ती ।
उही ठाउँ उही थलो
जो जोकर पल्टिन्छ
उही सबै भन्दा ठुलो ।
तलबाट थुति थुति मिलाउन जान्नु पर्छ
अलिकति भाग्य पनि मान्नु पर्छ
जसले मिलाउन जान्यो
सबैको पैसा त उसैले पाउनु पर्छ ।
फेरि खेल दोहोरिन्छ
खेलाडीमा नया जोश देखिन्छ
फिटिन्छ जनता तास झैँ
माथिको तल तलको माथि परिन्छ
खेल चलि रहन्छ
खेलाडी खेलको मजा लिई रहन्छ
बारम्बार पिÞmटिने तास झैँ जनता
फिटिँदा फिटिँदा थोत्रिदै जान्छ
थोत्रिदै जान्छ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































