साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बहुला कविको बयान

Nepal Telecom ad

म कवि,
नाथे कवि !
सरकारले चिहानघारी लिलामी गर्दा
मूर्दा जुलुसको नेतृत्व लिने
म मुर्दा कवि
आफै आफ्नो लागि
भविष्यको हत्यारा हुँ ।
स्वाभिमानको भारी बोकेर
आफैलाई थिच्ने
म महामूर्ख हुँ
मूर्दालाई मानिस देख्ने र मानिसलाई मूर्दा देख्ने
रतन्धोले ग्रसित एक रोगी हुँ ।
आत्मसम्मानको भोकले लखेट्दा
करङलाई सारङ्गी सम्झेर
जिन्दगी रेट्ने
म आफै आफ्नू इमान्दार हत्यारा हुँ
गर्भिणी समयको कोखमा
लात्ती हानेर
जन्मदै गरेको अत्याचारी शासक तुहाउने
हत्यारो लेखक मै हुँ ।
मेरो समाजले पुजेको ढुङ्गोमा
ठेस लाग्दा
मन्दिर अगाडि टोपी थाप्नेहरुको भीडमा
गुहार माग्ने
म कायर हुँ
स्वास्नी मरे मन्दिरमा भेटी चढाएर
बेश्यालाई बधाई दिन पुग्ने
म यो समजकको मर्द हुँ !
आर्यघाटबाट सरकार फर्कंदा
मानवअधिकारको चिहान खोस्रने
मृतक अधिकारकर्मि हुँ
गृह मन्त्रालयले हतियार किन्दा
सुतेको शिक्षा मन्त्रालयलाई चिमोट्ने मूर्ख हुँ ।
म मामुली कवि,
राज्यलाई दमको पर्याय देख्ने
उसका आँखामा कसिङ्गर हुँ
परिवारका आँखामा हरिलट्ठक हुँ
स्वास्नीका आँखामा नामर्द हुँ
समाजका आँखामा बहुला र सन्काहा हुँ
म साँच्चै नाथे कवि
आफ्नै खुट्टामा उनिएको
चप्पलले पनि हेप्छ,
प्रत्येक पाइलाको पट्याक्क आवाजमा
गुहुका छिटाले तालु छाम्छ
र, मैले सुँघ्दै हिँड्नु पर्छ
त्यही सिंहदरबार !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x