साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै के गर्न हो आँट्याको

Nepal Telecom ad

कोही जान्छ बेजिङ्गतिर
कोही जान्छ गंगा पारि
कोही जान्छ बैंककतिर
कोही जान्छ समुद्र पारि
इमान्दार नै रहेछन् नेता
छैनन् कुरो ढाँट्याको
कुरो बुझ्नै गार्हो छ
खै के गर्न हो आँट्याको ।

कोही औषधी उपचार भन्दै
दिल्लीतिर जान्छन्
भेटघाट गरेपछि आफूलाई
शक्तिशाली ठान्छन्
आलोपालो गरी गरी
सत्ता भत्ता खान्छन्
देशभक्त रहेछन् नेता
छैनन् कुरो ढाँट्याको
कुरो बुझी सक्नु छैन
खै के गर्न हो आँट्याको ।

एकातिर गए भने
आन्दोलन भन्छन्
आर्काेतिर गए भने
सहमति भन्छन्
घरको झगडा पर लगी
रेमोट कन्ट्रोल बन्छन्
राष्ट्र प्रेम रहेछन् नेता
छैनन् कुरो ढाँट्याको
कुरो बुझी सक्नु छैन
के गर्न हो आँट्याको ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x