साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘मारेर जनतालाई कसरी लोकतन्त्र भो ?’

Nepal Telecom ad


यता हेर्यो लथालिङ्ङ, भताभुङ्ङ उतातिर
हरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर !
नरहे देश नै सग्लो, के काम गणतन्त्र यो ?
मारेर जनतालाई कसरी लोकतन्त्र भो ?

छल–छद्म गरी लुट्नै पल्केका ढँटुवाहरू !
स्वार्थी, नकच्चरा, पापी, नखरे नटुवाहरू !
नयाँ नेपाल चाहिन्न, नौटङ्की गर बन्द यो
र, फिर्ता गर लौ हाम्रो पुरानै रम्य देश त्यो

बखेडा जातको गर्दै धर्मको नगरा पिटी
कालो, गोरो र चुच्चेको, बुच्चेको लफडा झिकी
कैले भूगोल वा कैले भाषा–भेष र संस्कृति–
लाई ढाल बनाएर वैर्याईकन विकृति

जुधाई जनतालाई देश सग्लो हराभरा
असत्ती पार्न खोज्दै छन् टुक्राटुक्रा, चिराचिरा
चौटाचौटा गरी लुछ्ने–घिच्ने षड्यन्त्र तीव्र छ
दुर्दशा नसकी खप्नै मन हाम्रो भरङ्ग छ

अपराधीहरूलाई भैँचालोले लगेन खै !
पुरिए जनता निर्धा नेता यौटै परेन क्वै
दैवी विपत्ति ता मानौँ तिनलाई तिहार हो
जस्तापाता पर्यो चिटठा, त्रिपाल उपहार भो

मायाँ हुन्छ त्यसैलाई स्याहार जसले गर्यो !
के मायाँ बगरेलाई, खुँडाले मार हान्छ जो ?
बियाँलो नगरी कत्ति आऊ जङ्गबहादुर !
या महेन्द्र ! तिमी आई कष्ट यो देशकोे हर
(३० जेठ २०७२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x