साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुजयन्ती उस्तै !

Nepal Telecom ad

न त भानु भनी नव कार्य भए
न त भानुमयी कखरा रचिए
जुन कार्य हिजो तिनकै छ गति
नव दृष्टि कतै पनि छैन मति ।।

कति व्यस्त बने पनि के रचियो
कति दाम सके पनि के भरियो
जब कार्य नयाँपन छैन कतै
किन भानु भनी नखरा छ कतै ।।

कति ग्रन्थ लिई उनका पढिए
कति भाषिक एक कुरा गरिए
कति शिष्य उनीप्रति मुग्ध बने
न त बोल्छ कतै नव राष्ट्र भने ।।

कुन मार्ग सुपाच्य बनेर गयो
कुन नैतिक भानुपुरी रचियो
जब खर्च उही गफगाफसँगै
तब सार्थक के नव कार्यबिनै ।।

अति न्यून उपस्थिति जुट्छ कतै
त्यसमा पनि नाम र दाम जतै
किन भानु यहाँ नभनी नहुने
अति गुह्य रहस्य कुरा नछुने ।।

कति व्यस्त बनी निज लाभतिरै
कति सुस्त बनी निज धामतिरै
किन रामकथा नभई नहुने
किन मौन बनेर बिताइदिने ।।

यतिबिघ्न कुरा मनमा भरिए
सब कार्य उही रितले गरिए
जब भानु कुनातिर नै थुनिए
तब के म भनूँ द्विविधा भरिएँ ।।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x