साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विनाशकाले विपरीत बुद्धि

Nepal Telecom ad

आएर गै हाल्छ तुरुन्त मौका
सङ्घर्ष झुन्डीकन गर्छ लौका ।
अभ्यासले जो पनि पोख्त हुन्छ
इच्छा भए ’चन्द्र’ उडेर छुन्छ ।।

चुनावमा गाउँतिरै रहन्थे
यो देश ‘सिङ्गापुर’ हुन्छ भन्थे ।
लोभ्याउँदै भाषण गर्छ नेता
भागी हिँडे बन्छ कहाँ विजेता ?

तर्साउने कोसिस गर्छ आई
नाङ्लो ठटाई गजराजलाई ।
तिहार आउन्न दसैकक नआई
फलामले काट्छ फलामलाई ।।

आशा भरोसा छ सबै ढलेको
छ देश ‘विप्रेषण’ले चलेको ।
बाँकी चलाए अनुदानबाट
सत्ता कहाँ चल्छ इमानबाट ?

जो हुन्छ सत्ता सरकार पास
मौका मिले पार्दछ सत्यनाश ।
’अहम्’ जुधी युद्ध ठुलो भएर
लङ्का डढाए ‘हनुमान्’ गएर ।।

खट्छन् ‘धुपौरे’ सब काम छाडी
श्रीरामभन्दा ‘हनुमान्’ अगाडि ।
आफन्तको नाम गरेर दर्ता
नेता बिगार्छन् सब कार्यकर्ता ।।

खाडी पुगेको छ युवा जमात
सन्तान रून्छन् नपुगेर भात ।
बच्चा ऋणी बन्दछ पेटबाट
के आश गर्ने र बजेटबाट ?

आफन्तले थाप्छ सधैँ धराप
सोझो बनी गर्दछ भित्र पाप ।
छर्केर गोमूत्र हुँदैन शुद्धि
‘विनाशकाले विपरीत बुद्धि ।।’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x