साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए घरबेटी बा !

Nepal Telecom ad

घर थोत्रो भए पनि
कोठा जत्रो भए पनि
हरेक बर्ष घरभाडा बढाऊ
पेट कट्ट काटेको छ
ए घरबेटी बा !
ट्याङ्कीमा पानी त चढाऊ ।

घाम नलाग्ने छिँडीको कोठा होस् कि
काम नलाग्ने सिँडीको कोठा होस्
सके छ छ महिनामा
नभए हरेक बर्ष घरभाडा बढाऊ
छोरीलाई पखाला लागेको छ
ए घरबेटी बा !
ट्याङ्कीमा पानी त चढाऊ ।

ननुहाएको धेरै भएछ
शरीर पनि ठसठस्ती गन्हाउँछ
छोरोले नुहाउन पाको छैन
लुतो लगेको झै कनाउँछ
बिजुलीको अड्डाले भन्दा बढी
बरु बत्तिको भाउ बढाऊ
आज त पार्टीमा जानु छ
ए घरबेटी बा !
ट्याङ्कीमा चाँडो पानी चढाऊ ।

फोहरको पैसो पनि हामी तिरमला
केवलको शुल्क पनि हामी तिरमला
तिमीलाई सबै सित्तैमा नै गरमला
लुगा भिजाएको हप्तौँ भइसक्यो
बरु खाने पानीको भन्दा धेरै
ट्युबेलको पानीको भाउ बढाऊ
आज धेरै लुगा धुनु छ
ए घरबेटी बा !
बिन्ति छ ट्याङ्कीमा पानी चढाऊ ।

घरको ट्वाइलेट पनि
टुकैचा जस्तो ह्वास्स गन्हाउँछ
पाहुना आएको बेला
लाजमर्दो नै बनाउँछ
हाम्रो मात्र हैन यसले
तिम्रो पनि त जात जनाउँछ
आज शनिबार
टोइलेट सफा गर्ने सुर छ
तर पानी नभेर पो झुर छ
कोठा बढाऊ मान्छे बढाऊ
भोलि डेरै सरमला
ए घरबेटी बा !
जसरी हुन्छ
आज त ट्याङ्कीमा पानी चढाऊ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x