प्रकाश चापागाइँकेही हाइकु
१. भान्छे हरायो
भ्रष्टाचारको बिउ
बफे सिस्टम ।
२. देश दुख्दैछ
सगरमाथाको आँसु
पौडिने नेता ।
३. नेपाली वन
अमुल्य जनावर
विदेशी र्याल ।
४. यो सङ्घीयता
वनमाराको जालो
फुटेको हाँडी ।
५. पौरखी नेता
हाँडीगाउँको जात्रा
घर न घाट ।
६. आशाको स्वप्ना
भदौरे भेलबाढी
स्याल हुइयाँ ।
७. साउने झरी
बोलबमको जात्रा
पोखियो बैँस ।
Subscribe
Login
0 Comments
Oldest





































