साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाश्रम

Nepal Telecom ad

राजकुमार !
आफ्नो पच्चीसौँ जन्मदिन मनाउन
यो वृद्धाश्रममा आएका छौ तिमी !
…..
तिमीलाई धन्यवाद छ !
हामीलाई सम्झेर यहाँसम्म आयौ
धेरै धेरै धन्यवाद छ तिमीलाई !
…..
देख्यौ होला नि—
यहाँ त हामी
कालले पनि बिर्सिसकेका
पुराना मान्छेहरू मात्र बसेका छौँ !
देवताहरूको आरती गाउँदै
केही बृद्ध बुख्याँचाहरू बसेका छौँ !
मसानजस्तो मन्दिरभित्र
भूतप्रेतहरू बसेका छौँ !!
…..
बिहानै सुनको झोलाभरि
के बोकेर आयौ तिमी ?
तिमीले ल्याएको यो कोसेली
ऊ ती बाआमाहरूलाई बाँडिदेऊ,
जसले तिमी जस्तै राजकुमारहरू
जन्माएका थिए यो धरतीमा !
…..
उनीहरूलाई नै बाँडिदेऊ
तिम्रो मायाको यो कोसेली !
मलाई तिमीले आज
केही पनि दिनु पर्दैन !
फलफूल, मिठाई वा दही
लुगा, चप्पल वा दोसल्ला
केही पनि दिनु पर्दैन !
…..
बाबु !
आज तिम्रो जस्तै
मेरो पनि असीऔँ जन्मदिन हो !
मसँग असी वर्षसम्म
कसैलाई सुनाउन नपाएको
एउटा लामो कथा छ !
म मेरो समयलाई
सुनाउन चाहन्थेँ यो कथा !
तर सुन्दै नसुनी मलाई बगर बनाएर
अँधेरी खोलाझैँ भागिरह्यो मेरो समय !
…..
म आज तिमीलाई
त्यही पुरानो कथा
आफ्नो जन्मदिनको उपहार दिन चाहन्छु !
म मेरो जीवनभरिको सपना
दिन चाहन्छु तिमीलाई !
म तिमीलाई सुनाउन चाहन्छु
मेरो कथा !
के तिमी सुन्छौ ?

उफ् !
आँखा खोलेर हेर्दा
तिमी पनि कतै भागिसकेछौ !!
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x