वक्ता र श्रोता
कलैयाकै घटना हो । पत्रकारको नेताले एउटा झ्याउ समारोह सकेर घरतिर फर्कँदै थिए । नातिनी मेघा निरौला पनि सँगै थिई । नातिनीले चकचक गर्ली अनि ‘हिंड बजिनी तँलाई घर पु¥याइ दिनु प¥यो’ भन्ने निहुँ गरेर आफू पनि उम्कन पाइने । नेपाली काइदा आफैँलाई फाइदा !
बाटामा मेघाले सोधी हजुरबुवा ! भाषण गर्नेहरू बीच–बीचमा किन ‘अध्यक्ष महोदय’ र ‘सभापति महोदय !’ भन्थे ?
मैले नातिनीलाई सम्झाएँ– हेर छोरी ! सभा समारोहमा सभापति वा अध्यक्षको कुनै कामै हुँदैन । अरुले बोल्नसम्म बोल्छन्, सभापतिले बोल्ने बेलामा सबै श्रोता सिनित्त । त्यसैले सभापति बिचरो सभामै निदाउँछन् । उसलाई बिउँझाउन बेला बेलामा वक्ताहरू सम्बोधन गर्ने गर्छन् ‘सभापति महोदय !’ भनेर ।
नातिनीले भनी– “त्यसो भए त उसलाई ‘सभापति’ नभनेर ‘सभासुती’ भन्नुपर्ने होइन र ?” मैले हाँसेर टारेँ ।
मेघा अलिकति मेधावी नै हुनाले अर्को प्रश्न गरी, हजुरबुवा ! वक्ताले बोलिसकेपछि श्रोताहरू ताली किन बजाउँछन् ?
उसको सामान्य ज्ञान बढोस् भनेर मैले सम्झाएँ, छोरी ! वक्ताले भए नभएका बाह्र, सत्ताइस कुरा गरेर श्रोतालाई दिक्क दिक्क पारिरहेका हुन्छन् । यो मोराले अझ कतिबेर दिमाग चाट्ने हो भन्ठानेर दिक्क मानिरहेका बेलामा वक्ताले आफ्नो बकबक सक्नासाथ श्रोताहरू खुशीले ताली पिट्न थाल्छन् ।
‘त्यसो भए त वक्ताहरूलाई वक्ता नभनेर ‘बढ्ता’ भन्नु पर्ने होइन र ?’ मेघाले अर्को टिप्पणी गरी । मैले फेरि पनि हाँसेर टारेँ ।
थानकोट, काठमाडौं