साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालीलाई लड्डुु

Nepal Telecom ad

काली तिमीलाई
फुल पनि चढाएँ
बोको पनि लडाएँ
दुईचार दाम दिएर
बाजेलाई चन्डी पढाएँ
तर पनि
समस्या उस्तै छ
अवस्ता दुरुस्तै छ
माता अब हजुर
भेजिटेरियन पो होइसिन्छ कि
नत्र लड्डुु चढाउँथे
नरिवल चढाउँथे
आजभोलि
म पनि मासु खाँदैन
बेकार किन बोको लडाउँथे
फेरी सुगर लागेको छ कि
के फलफुल नै चढाउँथे
उता पनि महङ्गी होला
हजुरले पाउने भए
बरु भेटी नै बढाउँथे ।

पुजारीको त के विश्वास
हजुरको बारे सोधे भन्दै नभन्ने
फेरि कति कुरो त जान्दै नजान्ने
आफ्नो घर बनाउँछन्
हजुरको घर त
भत्के पनि बनाउँदैनन्
अरुकै आश गर्छन्
आफ्नो त सुको खनाउँदैन
देवीको नाममा मागेर
घरकी देवीलाई चढाका छन्
हेर्नुस् पुजारीले त कसरी
गणेशजीको जस्तो भुँडी बढाका छन्
बरु सिधा सम्पर्क हुने भए
हजुरलाई के मन पर्थ्यो लान्थे
कहाँ हुनुहुन्छ हजुर
बरु दुई चार महिना
हिंडेर भए पनि जान्थेँ ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x