सुलसुलेसाहित्य सन्ध्याको पुरस्कार घोषणा
वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टलाई ‘साहित्य सन्ध्या–मन’ पुरस्कार तथा सम्मान अर्पण गरिने भएको छ ।
विगत साढे छ दशकदेखि नेपाली प्रगतिवादी साहित्यको समृद्धिमा विशिष्ट योगदान गर्नु भएको, सामाजिक रूपान्तरण अभियानमा अतुलनीय भूमिका निर्वाह गरि रहनुका साथै विभिन्न सङ्घसंस्थाको नेतृत्वदायी भूमिका समेत निर्वाह गरी समग्र सााजिक रूपान्तरण अभियानलाई अविच्छिन्न नेतृत्व गरि रहनु भएकाले वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टलाई २०७१ सालको ‘साहित्य सन्ध्या–मन पुस्कार तथा सम्मान’द्वारा सम्मानित गरिन लागिएको हो ।
त्यसै गरी २०७१ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ चितवनकी नमुना शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ ।
नेपाली प्रगतिवादी साहित्यको लेखन, गायन तथा सामाजिक रूपान्तरणको मेची–महाकाली अभियानमा विभिन्न प्रतिकूलताका बाबजुद क्रियाशील रहेर उल्लेख्य योगदान गर्नु भएकाले चितवनकी वरिष्ठ स्रष्टा नमुना शर्मालाई २०७१ सालको ‘साहित्य सन्ध्या पुस्कार तथा सम्मान’द्वारा सम्मानित गरिने भएको हो ।
आगामी भदौ ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष २ मा विशेष समारोहको आयोजना गरी उहाँहरू दुवै जनालाई उक्त पुरस्कार तथा सम्मानद्वारा सम्मानित गरिने कुरा सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिनु भएको छ ।
Subscribe
Login
0 Comments
Oldest












































