साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको अविराम सिर्जना यात्रा

Nepal Telecom ad

काठमाडौं, साउन १६ । अनुपम सिर्जना प्रतिष्ठान नेपालले स्थापना कालदेखि अटुट रूपमा हरेक महिनाको तेस्रो शनिबार कलङ्कीमा विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा सैँतीसौँ शृङ्खलाका लागि गत शनिबार स्रष्टाहरू उपस्थित भए कलङ्कीस्थित एड मार्क कलेजमा । नियमित सिर्जना वाचन सुरू हुनुपूर्व कवयित्री सूर्यवदना पण्डितद्वारा रचित काव्यकृति ‘मेरी आमा’को लोकार्पण अतिथिद्वय जीवेन्द्रदेव गिरी र श्रीहरि फुयाँलले संयुक्त रूपमा गरे । लोकार्पित पुस्तकका बारेमा संक्षिप्त मन्तव्य राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राज्ञ जीवेन्द्रदेव गिरीले कवयित्री पण्डितको साहित्यिक उपस्थितिले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने छ भने । अतिथि स्रष्टाहरूले पनि कृतिको सफलताको कामना गर्दै कृतिकारलाई बधाई तथा शुभकामना दिए ।

पुस्तक लोकार्पणपछि कार्यक्रममा सिर्जना वाचन गर्नेहरूमा अनिता भण्डारी, मणिराज सिंह, चन्द्रवदना घिमिरे, जसध्वज गुरूङ, सूर्यकुमार पण्डित, रूद्र अधिकारी, ब्रम्हप्रिय प्रेमस्वरूप, अनिश बिष्ट, रश्मि रिमाल, प्रभा बराल, कमला रिसाल ज्योति, श्रीहरि फुयाँल, जगदीश्वर पोखरेल, उदास कार्की, दुर्गा रिमाल अधिकारी, रिता खतिवडा, रामशरण खड्का, श्रीधर पौडेल वासुदेव गौतम, विजयराज न्यौपाने, सीमा तामाङ थिए ।

त्यस्तै रचना वाचन कार्यक्रममा रिजा तामाङ, डा. भुपहरि पौडेल, मञ्जुल श्रेष्ठ, सुजन प्रदीप्त, निराजन मौदगल्य, डा.जीवन अधिकारी, लक्ष्मीप्रसाद मिश्र, कृष्णकान्त घिमिरे, पुरूषोत्तम सिग्देल, राजेन्द्रप्रसाद ढुङ्गाना, जनकराज अधिकारी, रविन भुर्तेल, विनोद कोइराला, डिल्लीप्रसाद मूलतिहुन, भाग्यशाली अधिकारी, सोमप्रसाद गर्तौला, उर्मिला पन्त पाण्डेय, जीतु खड्का, गाउँले बलदेव, सुशन प्रधान लगायतका स्रष्टाले आआफ्ना साहित्यिक सिर्जना पस्किएका थिए । सिर्जनामा कतै उनीहरूले मानवीय प्रेम, प्रणय एवं खुसीलाई जोडेका थिए भने कतै भूकम्पपछिको दुःख, पीडा र अभावजस्ता पक्षहरू समेटिएको पाइन्थ्यो । कतिपयले सिर्जनामार्फत् आस्था र विश्वासका केन्द्रमा आएको विचलनमाथि सूक्ष्म व्यङ्ग्य कसेका थिए । हजुरबादेखि नाति पुस्तासम्मको सहभागिता रहेको कार्यक्रममा इच्छुक सबै स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाएका थिए ।

उपस्थित स्रष्टाहरूलाई धन्यवाद दिँदै संस्थाका अध्यक्ष पुरूषोत्तम अधिकारीले समापन मन्तव्यका क्रममा भने साहित्य र कलाका माध्यमबाट समाजसँग जोडिने हाम्रो अभियान अविराम चलिरहन्छ ।
जितु खड्का

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x