साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दारी बा

Nepal Telecom ad

दारी बाले घरी घरी
खाली दारी मात्र कनाउँछन्
थाह छैन यिनले
कहिले संविधान बनाउँछन् ?
सारी बा पनि (देउवा)
भर्खरै दिल्ली गइे आका’छन्
थाह छैन यिनले पनि
प्रभुको के कस्तो कृपा पाका’छन् ।
ओली बाले
गोली पट्का’छन् पट्का’छन्
गोप्य बार्ता गर्दै
जुँगे बालाई भट्का’छन्
संविधानको भन्दा पनि
प्रधानमन्त्री हुने चिन्ता गर्या’छन्
संविधान बन्ला कि नबन्ला भनी
बिचरा ठुलो बिलखबन्ध पर्या’छन् ।
जुँगे बा (प्रचन्ड)
आज संविधान बन्छ भन्या’छन्
भोलि फेरि बन्दैन भन्या’छन्
हरेक दिन किन यिनले
आफै भास्सिने खाल्टो खन्या’छन् ।
बैद्य बा, पौडेल बा,
भट्टराई बा झन कस्ता कस्ता
आनी बानी हेर्यो भने सबै
ठ्याक्कै बाँदर जस्ता
ठुला बाले त भन्दै थे
हाम्रो लागि बाँदरले
संविधान ल्याउलान् ठान्ने
हामी उल्लु झन कस्ता ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x