सुलसुलेस्रष्टा पूर्ण ओलीको पुस्तक विमोचित
काठमाडौं २०७२ साउन २० । अन्तर्र्रािष्ट्रय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको विशेष कार्यक्रममा स्रष्टा पूर्ण ओलीको प्रवन्ध सङ्ग्रह पुस्तक विमोचित भएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कमलमणि दीक्षित एवम् विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, अन्नपूर्ण दैनिकका सम्पादक युवराज घिमिरेले कृति संयुक्त रूपमा विमोचन गर्नु भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न स्रष्टाहरूले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । विमोचित कृतिका बारे साहित्यकार युवराज नयाँघरेले समग्र पुस्तकको समीक्षा गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार कमलमणि दीक्षित, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, अन्नपूर्ण दैनिकका सम्पादक युवराज घिमिरे, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, सदस्यहरू गीता मैनाली र यादव भट्टराई तथा विमोचित कृतिका स्रष्टा पूर्ण ओलीले आआफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।
Subscribe
Login
0 Comments
Oldest












































