साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे अझै होंक्का !

Nepal Telecom ad

१. बित्यो बित्यो ! के पो बित्यो ! कता कता बित्यो !
बिताउने सोच रहोस् ! यसो पुगे भयो !

२. तल तल हेर ! भन्थे हाम्रा बुढा बाबै !
केको तल ? कहाँ तल ? माथि भए भयो !

३. महँगीको कुरा भन्छन् ! हुने पो त छ त !
आफ्नो आय अघि लुते ! अब पुगे भयो !

४. बाठो हुने जुग आयो ! एक थरी कुर्ले !
आफू लाटो लाटो हुने ! मोटो भए भयो !

५. केन्द्र भन्थे ! कुन केन्द्र ? केको केन्द्र ? कुन कुना केन्द्र ?
उतै बाठा ! यता लाटा ! आफू चढे भयो !

६. भूकम्प त नेपालमा आयो गयो भयो !
यो देशमा सत्ता चढे जे जे पनि भयो !

७. अब गए पुरानाका दिन ! तिमी भन्थ्यौ !
बोल्न पाए मख्ख ! हेर– यता के के भयो !

८. अझै पनि बाघ बाघै ! साँढे अझै होंक्का !
लाटाहरू’ लोकतन्त्र !’ जप्न पाए भयो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x