आफु टट्टुु पाध्ये !
१. अरबका पति कति ! आफू टट्टु पाध्ये
लखपति मुले कवि ! लुखुरर्लखुर गोष्ठी !
२. कतिपल्ट धावन्तीमा पढ्ने पालो फिर्ने !
आसन र सानोतिनो चिया रासन मिल्ने !
३. नजाउँ त कविज्यूको इज्जत नै छैन !
किन बस्या घर भन्छन् ! आफू टट्टु पाध्ये
४. पेन्सने त भइएकै ! जत्रो भए पनि
कवि नाउँ छँदै छ नि ! अब बिसाउने !
५. के हो घर ! कवि भ’र गोष्ठी शून्य पार्ने !
फेरि प्रश्न ! उदेक भो ! आफू टट्टु पाध्ये
६. कुध्दा कुध्दा लम्फु भै’यो ! बुढो पनि भै’यो !
गोष्ठी छाड्या’ दिन ’सती ’जस्तै रुने भै’यो ।
७. जाँड रक्सी नखाए नि बाटो हिँड्दा लड्ने
अब भै’यो ! पूरै घर बसुवा नै भै’यो !
८. निद्रादेवी रात छैन ! दिउँसो पो ! हरे !
कराएर को पो सुन्छ ! आफु टट्टुु पाध्ये ।
झर्रो नेपाली घर, चन्द्रगढी झापा