साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जादुगरको बाक्सा

Nepal Telecom ad

पार्कमा एउटा जादुगर आयो
एकछिन यसो चक्कर लायो
केही कुरा भन्न थाल्यो
मान्छेको हुल बन्न थाल्यो
म त यो बक्सामा
प्रचण्ड च्यालन
सुशिल च्यानल
केपी च्यानल देखाउँछु
पैसो तिर्नेको मात्र नाम लेखाउँछु
जस्तो च्यानल पनि हेर्न पाइन्छ
मन परेन भने च्यानल
आपैm फेर्न पाइन्छ ।
मलाई साह्रै खुल्दुली लाग्यो
कस्तो रहेछ भनी मनमा जाग्यो
छ सय एक खनखन तिरेँ
बुर्लुक्क उफ्रेर बक्सामा छिरेँ
बक्साको ढक्कन ढ्याप्प भयो
झन्न सातो भ्mयाप्प गयो
अनेक बत्ती बल्न थाले
टिभीका च्यानल चल्न थाले
प्रचण्ड च्यानल लगाएँ
प्रचण्डले टेन्सनले
भोट्काको बोतल खोल्दै थिए
कुम हल्लाउँदै बोल्दै थिए
हाम्रो महान् पार्टीले
महान् जनताको लागि
न सहमति गर्छ
न सहयोग गर्छ
हिन्दुराष्ट्र बनाउन दिदैनौं जे पर्छ पर्छ
दाम पनि कमाइ हाल्यो
नाम पनि कमाइ हाल्यो
पद पनि समाइ हाल्यो
राष्ट्रपति भन्दा अरु पद लिँदै लिँदैनौँ
नत्र संविधान बनाउन दिँदै दिँदैनौँ
चटुकार भन्यो
नेताज्यू
भित्ताका पनि कान हुन्छन्
त्यो भन्दा पनि भटराई बाजेले सुन्छन्
भोलिदेखि फेरि बैध्यको पार्टीमा जान्छन् ।

अर्को च्यानल फेरेँ
सुशिल दा के भन्दै छन् हेरेँ
हैन यो दाहाल कस्तो स्वाँठे
खाली रिस मात्र उठाउँछ गाँठे
फोनमा कुरा गर्दा ठिक्क पार्छ
बैठक सबलाई दिक्क पार्छ
खाली जोकर जस्तै हसाउँछ
कहिले राष्ट्रपति पद देखाई असाउँछ
संविधान नबनाएर आफू पनि फस्छ
हामीलाई पनि फसाउँछ ।

त्यो च्यानल पनि भगाएँ
ओली बाको च्यानल लगाएँ
केपी किताबलाई ढोग्दै थे
उखान टुक्का घोक्दै थे
काल आयो भने
स्याल जङ्गलबाट सहरमा पस्छ
बाख्रो बागको खोरमा बस्छ
नमच्चिने पिङको सय झट्का
चन्द गए बैध्य गए
अब बाबुरामको टुपी पट्का
अब यो ओली ब्रो जसरी पनि
प्रधानमन्त्री बन्छ बन्छ
हेरौँ त बन्दैन कसले भन्छ ।

जादुगरको जादु गजब लाग्यो
भिड थाम्न नसकेपछि हवाइफायर भएछ
जादुगर पनि खै कता गाएबै भएछ
त्यो बक्सा बोकी घरमै ल्याकोछु
तर च्यानल नचलेपछि
मर्मत गर्न, मर्मत केन्द्रमा द्याकोछु ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x