साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँस्नुहोस्

Nepal Telecom ad

मलाई मित्र भन्दैछ अहिल्यै हाँस्नुहोस् सखे
भोलि दाँत सबै खस्छन् अनि के हाँस्नुहुन्छ खै ।

म भन्छु मित्र यो हाँसो दाइजो हैन दाँतको
दाँतले हाँस्नु पर्दैन हाँसो ता हुन्छ आँतको ।।

आँत हाँसोस् माथ हाँसोस् हात हाँसोस् खुशी बनी
नेत्र हाँसोस् मित्र हाँसोस् हाँसो नै हो नि जीवनी ।

चाहिन्न झुप्पो साँचोको साँचो चाहिन्छ हास्यको
खाँचो त यौटै मात्रै छ गति चाहिन्छ लास्यको ।।

हाँस्नुहोस् हाँस्नुहोस् मित्र जति शक्ति छ हाँस्नुहोस्
सबै हामी मिलौं हाँसौं चिन्ताको ढाड भाँच्नुहोस् ।।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x