साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई राज्य दिनुहोस् !

Nepal Telecom ad

अलग्गै चाहियो राज्य सानो टुक्रा भए पनि
खै हुनै मन लाग्दैन सिङ्गै नेपालको धनी
आश्वासन थियो जस्तो तमुवान् मगरातको
मलाई राज्य चाहिन्छ यो मेरै जातभातको ।

नेपाली हुनुमा के छ ? भो हुन्न हुन्न भो भयो
नेताका मृदु भाषाले यो बुद्धि बिग्रिदै गयो
जातीय राज्यको नारा प्रचण्ड बाबुरामले
जो दिए अब चाहिन्छ राज्य त्यै जात–नामले ।

म थारु थारुको राज्य मलाई मिल्नु पर्दछ
म नेवार नयाँ राज्य नेवा नै हुनुपर्दछ
म किराँती म पुर्बेली अरूसित मिलूँ किन ?
म मेरो राज्य चाहन्छु अरू क्यै बात जान्दिन ।

तराईको म मधेशी पहाडेसित मिल्दिन
मधेशी राज्य चाहिन्छ मलाई अरु जान्दिन
मार्सी धान फले पुग्छ लाली गुराँस चिन्दिन
मलाई चाहियो ब्यर्थ हिमाली झरना किन ?

आश्वासन थियो जस्तो प्रचण्ड बाबुरामको
मलाई राज्य चाहिन्छ यो मेरै जात नामको
हे प्रचण्ड महान् नेता हे बाबुराम मानव !
बाँड्छु भन्नुभएकै हो लिन्छु राज्य दिनुस् अब !
कोलोराडो, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x