साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोक्ष मार्ग

Nepal Telecom ad

“अब उहाँलाई अस्पताल राखिरहनुको कुनै अर्थ छैन । उहाँका अन्तिम इच्छा केही छन् भने त्यो पूरा गरिदिए हुन्छ । पूजाआजा, दान, बैतर्णीजस्ता साँस्कारिक कर्म गरिदिए हुन्छ ।” स्वास्थ जाँचपछि डाक्टरले छोराहरूसँग भने ।

“मलाई त्यो अस्पताल भन्ने नरककुण्डमा मर्न नदिनू । मर्नु पहिले जसरी भए पनि गङ्गा गराउनु ।” बुढाले धेरै पहिलेदेखि यसै भनिरहेका थिए ।
छोराहरुले बाबुको अन्तिम इच्छा सम्झे र बुढालाई देवघाट लैजाने तयारी गर्न थाले ।

“कहाँ लैजान थाल्यौ मलाई ?” गाडी चढाउने बेला बुढाले छोराहरूसँग सोधे ।
“देवघाट बा देवघाट । अब गङ्गा गर्न जाने” कान्छो छोराले कानैमा मुख लगेर भन्यो ।
बुढाले इशारा गरेर दुबै छोरालाई नजिकै बोलाए ।

“बाबु हो ! मान्छेको इच्छा समयले निर्धारण गर्दो रहेछ । मैले बाँचुञ्जेल तिमीहरुलाई धेरै दुःख दिएँ । भएको जायजेथा राजनीतिमा लागेर सिध्याएँ । तिमीहरूको लागि कुनै राम्रो बन्दोबस्त मिलाउन सकिन ।”
“मैले धेरै सोचेँ । धेरै बिचार गरेँ । र, मैले मेरो अन्तिम इच्छा पनि बदलेँ । मर्नु त आखिर छँदैछ । त्यसैले बाबु हो ! अब मलाई देवघाट हैन, मधेश आन्दोलन भएको ठाउँमा लैजाओ । मेरो मृत्युको पारितोषिकमा आउने आधा करोड रकमबाट तिमीहरूको पनि राम्रैसँग गुजारा चल्नेछ । यसो भयो भने मेरो आत्माले पनि मुक्ति पाउने छ । मेरा लागि यो भन्दा ठूलो मोक्षको बाटो अर्को हुनै सक्दैन ।” बुढाले साउतीको स्वरमा भने ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x