साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निर्लज्जता

Nepal Telecom ad

(गाईजात्रा २०७२)

निर्लज्जता जीवनको तरंग
देखिन्छ कस्तोसित अन्तरंग
जानेर कोही कति ढोँग गर्छन्
नजानिदो भाव मुहार भर्छन् ।।

छुरी करौती कति भित्र भित्र
चल्छन् हजारौँ तर छैन चित्र
झुलुक्क देख्दा र कुरा सपार्दा
निर्लज्जता बुझ्न सकिन्न हाँस्दा ।।

शंका कतै गर्न सकिन्न उस्तै
आफन्त जस्तै र अभिन्न जस्तै
निःस्वार्थको उच्च विचारलाई
निर्लज्जताले सब तोड्छ भाइ ! ।।

बोली कतै उग्र सशक्त गोली
मिठासका छन् कति भिन्न बोली
देखावटी भाषण मात्र खुल्छ
निर्लज्जताभित्र रहस्य झुल्छ ।।

बुझेर जो भित्र कुरा लुकाई
जो ढोँग गर्छन् तिनकै छ हाइ
बुझिन्न नेतृत्व मुहार ढंग
निर्जल्ज कोही परिवार दंग ।।

बने कयौँ क्षेत्र र जातिनिष्ठ
आरोपका मूल सधैँ विशिष्ट
सँगै हिँडेका पनि भिन्न भिन्न
निर्लज्ज कस्तो सब छिन्न भिन्न ! ।।

घमण्डताले पनि तोड्छ सीमा
देखावटी नै पनि के कसीमा ?
आफैँ पुजारी अनि धर्मभ्रष्ट
निर्लज्जता जीवन भ्रष्ट भ्रष्ट ! ।।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x