साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरौँ बन्द नेपाल खोल्दै नखोलौँ !!

Nepal Telecom ad

खुलेका यी उद्योग राखेर के भो ?
मीठा भाषणैमात्र चाखेर के भो ??
अहो ! बन्दमै हुन्छ आनन्द साथी !
छिटै देश उठ्ला अझै माथि माथी !!

जमाना नयाँ आज आईरहेछ ।
यसैले गरीमा बढाईरहेछ ।।
पुराना सबै ध्वस्त पारेर फालौँ !
नयाँ चीज निर्माण गर्नै नथालौँ ।।

हिँडेका सवारीहरू ठप्प पारौँ !
चलाए दिई धाक धम्की झपारौँ ।।
गरेनन् भने बन्द लाठी लगाऔँ !
कसैले कुनै प्रश्न सोधे धपाऔँ ।।

नटेरेर दोकान खोलेर बेच्ने,
कसैले गरेमा गरिे हुन्छ थिच्ने !!
ठटाएर ढोका सबै बन्द पारौँ !
यही रीतले देश चाँडै सपारौँ ।।

अरू देशकै तुल्य पार्ने छ इच्छा (
निकै नै बिकम्मा भएको छ शिक्षा !
सधै खोलिए यो अवस्थै नजाला !
तुरुन्तै गरौँ बन्द यी पाठशाला !!!

गरी खान दे भन्दछन् एक गास !
गई हेर कस्तो छ तिन्को निवास !!
सधै बन्द हुन्छन् यहाँ कारखाना ।
मरे हुन्छ ज्यामीहरूका जहान !!!

भताभुङ्ग पारौँ बनेका बिगारौँ !
र ढुङ्गा थुपारेर बाटो सिँगारौँ !!
सुधारेर जानू कता हो कता हो ?
समस्या खडा गर्नु नै सभ्यता हो ।।

निहुँमात्र खोजेर टन्टा बढाऔँ ।
गरे यत्न जुट्ने फुटाली लडाऔँ !
समाधान तोडौँ, सदाचार छोडौँ !
सधै बन्द नेपाल गर्नेै नछोडौँ !!!

सकेसम्म बन्ने अवस्थै नल्याऔँ ।
बनेमा नयाँ संविधानै जलाऔँ !!
सबै धर्म छोडौँ, सबै शान्ति छोडौँ !
सकेसम्म शस्त्रास्त्र छोड्दै नछोडौँ !!!

अवज्ञा गरेमा तथानाम बोलौँ !
जबर्जस्त पेट्रोल छर्केर पोलौँ !
नखोलौँ नखोलौँ नखोलौँ नखोलौँ !!!!
गरौँ बन्द नेपाल खोल्दै नखोलौँ !!
बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x